Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Monday, March 12, 2012

लुम्बिनी गेटको लागि विद्यार्थीहरुबाट जनही रु १ संकलन


Posted by Ram Kumar Shrestha on March 12, 2012
फल्गुण २९, ०६८ मैह्पी, काठमाडौँ
आज प्रिसियस नेशनल कलेज, म्हैपीको प्राङ्गनमा विद्यार्थीहरुले लुम्बिनी गेट निर्माणको लागि सरकारलाई सहयोग पुर्याउने हेतुसाथ आफ्ना खाजा रकमबाट कटौति गरी जनही रु १/– संकलन गर्ने कार्य सम्पन्न गरे । यस कार्यक्रमबाट रु. ४१५/– संकलित भयो । यस अघि काठमाडौँमै गोकर्णेश्वर महादेव मावि, सहयोगी उच्च मावि, युथ भिजन सेकेण्डरी स्कूल र श्वर्ण शिक्षा इ. स्कूलका विद्यार्थीहरुले पनि खाजा रकमबाट अन्दाजी थप १००० रुपैयाँ संकलन गरेको थियो । लुम्बिनी गेट निर्माणको लागि विद्यार्थीहरुबाट जनही रु १ संकलनको शुरुवात लुम्बिनी गाउँको बुद्ध आदर्श उच्च माविबाट फल्गुण ११ गते देखि भएको थियो ।

Sunday, March 11, 2012

LUMBINI: Mikel Dunham’s interview with UNESCO’s Axel Plathe


Posted by Ram Kumar Shrestha on March 11, 2012
Axel Plathe is the Head of Office and UNESCO Representative to Nepal. Mikel Dunham spoke to him in his office in Kathmandu, March 6, 2012.
-Archeological investigation-Jan-2011
Headshot
DUNHAM: Perhaps the best way to begin is for you to describe UNESCO’s interest and involvement with Lumbini.
PLATHE: As you know, the site was inscribed in 1997 in the World Heritage list. Since then UNESCO has been engaged in Lumbini more or less strongly. We have particularly been helping, throughout the years, since the inscription, in managing the site. We have helped the government in establishing an approach on how to manage this World Heritage site.
We have also helped the government in the very cumbersome and heavy reporting exercise that the World Heritage Convention requests from state parties to the Convention.
Every second year, the state party, (in this case the government of Nepal), has to submit a report on the status of preservation of Lumbini.

Saturday, March 10, 2012

Buddha’s Teaching Can Help Global Peace – UN Sec Gen


Posted by Ram Kumar Shrestha on March 10, 2012
[As UN Secretary General is visiting Nepal, we would like to post these old relevant news for your kind information]
Buddha’s Teaching Can Help Global Peace – UN Sec Gen
Narinjara News, May 8, 2009
United Nations, New York — UN Secretary General Ban Ki-moon said in his message delivered to the world communities on Wednesday that the Buddha’s teaching could help the world become peaceful.
“All of us can learn from the Buddha’s spirit of compassion. His timeless teachings can help us to navigate the many global problems we face today,” said Ban Ki-moon in his message.
His message came ahead of the Buddha’s birthday, traditionally known as Vesak or Visakah, a full-moon which this year fell on 9 May, 2009.
Vesak is the name of the month of the Buddha’s birth in the Indian lunar calendar. Buddhist communities around the world celebrate the full-moon day with great reverence and piety as the day synchronized the birth, enlightenment, and passing of the Buddha.
“The need for global solidarity may seem like a modern concept, but it is not. More than 2,500 years ago, the Buddha taught that nothing exists in isolation, and that all phenomena are interdependent. Just as profoundly, he taught that we cannot be happy as long as others suffer, and that when we do reach out, we discover the best in ourselves,” he added.
He also urged every individual to resolve to help people who are suffering, in order to secure a better future for all, in his message marking Vesak.
Lumbini mesmerizes UN Secretary General Ban Ki-moon

Ban Ki-moon Visiting Nepal


Posted by Ram Kumar Shrestha on March 10, 2012
HIMALAYAN NEWS SERVICE

KATHMANDU:United Nations Secretary General Ban Ki-moon will visit Nepal in late April to promote Lumbini, the birthplace of Lord Buddha. His visit is also expected to give an impetus to the stalled peace and constitution drafting processes.
Ban will land in Nepal on April 28, along with UNESCO Director-General Irina Bokova, and visit Lumbini the next day to co-chair an international conference on Lumbini with UCPN-Maoist Chairman Pushpa Kamal Dahal. Before returning on April 30 he will hold talks with top leaders of political parties.
A meeting of the Greater Lumbini National Development Directive Committee formed by the Government of Nepal held today finalised and announced the itinerary of the UN Secretary General after consulting the Ministry of Foreign Affairs and United Nations Headquarters in New York.
Dahal is the chairman of the GLNDDC, with Dr Manglasiddhi Manandhar of CPN-UML, Dr Minendra Risal of Nepali Congress and Culture Minister Gopal Kiranti as members.
“We have decided to organise an international conference on the development of Lumbini on April 29,” Dr Risal told The Himalayan Times. According to him, a meeting of the GLNDDC slated for March 30 will take a decision on other aspects of the conference, including who all to invite from foreign governments and international organisations.

Friday, March 9, 2012

Korean prez asked to correct Buddha’s birthplace

Posted by Ram Kumar Shrestha on December 21, 2011
SEOUL, DEC 21 -
Nepal’s Ambassador to South Korea Kamal Prasad Koirala has written a letter to the South Korean President Lee Myung-bak requesting him to change the erroneous information in the South Korean textbooks regarding the birth of Lord Buddha.
The four-page-long letter states that Lord Buddha was born in Lumbini and that Lumbini is a part of Nepal. The letter further states that when India was under the British rule, some British writers had written that Buddha was born in India and this is still believed true in many parts of the world.
Koirala also said that the General Secretary of United Nations, Ban Ki-moon, has shown keen interest in development of Lumbini, as it is the birthplace of Lord Buddha. He also stated that even the British Museum has changed the birthplace of Lord Buddha as Nepal on Nov 7.
Koirala has put for`th his belief that Lee would heed to the plea.
Koirala has also forwarded a copy of the letter to Lee Sang-ki, an establishing member of the Asia Journalist Association and the publisher of The Asian. Praising Koirala’s attempt, journalist Lee said that the South Korean government would definitely heed to it.
A South Korean primary level book, ‘Ethics Part One’, states that Lord Buddha was born in Khapila Castle in India. Similarly, another secondary level book, ‘World History’, states that Lord Buddha was born in a Royal Brahmin family and his birthplace has been stated as India.

ताइवानमा तेस्रो लुम्बिनी कपिलबस्तु दिवस कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on December 20, 2011

डिसेम्बर १८ २०११, डा. हरिकुमार श्रेष्ठ ताइपेई ताइवान । लुम्बिनी कपिलबस्तु दिवस ताईवान राष्ट्रिय समिति र गैर आवासीय नेपाली संघ ताइवानको संयुक्त तत्वावधानमा ताइपेईस्थित सनयात्सेन मेमोरियल हलको बाहिर प्रांगणमा नेपाली र बिदेशीहरुको सहभागितामा तेश्रो लुम्बिनी कपिलवस्तु दिवस मनाइयो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई डा श्रेष्ठले १ डिसेम्बरमा नेपालमा तेश्रो लुम्बिनी कपिलवस्तु दिवस मनाउने क्रममा कार्यक्रममा बिभिन्न देशबाट अभियानका प्रतिनिधिको रुपमा सहभागी हुनेहरुलाई नेपाल पर्यटन बोर्डले आ-आफू बसेको देशमा प्रचार प्रसारको लागि उपहार स्वरुप प्रदान गरिएका प्रचार प्रसार सामग्रीहरु र ताइवानमा “Visit Lumbini Tourism Year 2012” लाई सफल पार्न तयार गरिएका प्रचार सामग्रीहरु र निमन्त्रणा कार्ड वितरण गर्नु भयो । प्रचार सामग्री वितरण गर्ने क्रममा डा श्रेष्ठ र आयोजकका अन्य सहयोगीहरुले बुद्धको जन्म र जन्मस्थान नेपालको लुम्बिनी भएको बारेमा पनि एकैसाथ जानकारी दिएका थिए । यस कार्यले गर्दा बुद्धको जन्मस्थानको बारेमा भ्रममा परेका व्यक्तिहरुलाई भ्रम निवारण गर्न केही हदसम्म सहयोग पुगेको दावी कार्यक्रममा संलग्न व्यक्तिहरुको छ ।

बुद्ध भारतमा जन्मिएको जानकारी सहितको पुस्तक त्रिविविको पाठ्यक्रमबाट हटाउन ज्ञापन पत्र

Posted by Ram Kumar Shrestha on December 16, 2011
१९ मार्ग, २०६८ काठमान्डौं । भारतमा सन २०१२ मा संपन्न गर्ने किसिमले जोडतोडका साथ नक्कली लुम्बिनी/ कपिलवस्तु निर्माण कार्य करीब अन्तिम अबस्थामा पुग्दासम्म पनि एक किसिमले सर्ब पक्षीय मौनता देखिएको कारण सत्यको प्रतिरक्षा गर्न सत्यका पर्यायबाची बुद्धको नाममाथि असत्यको खेती गरेर भयंकर अन्याय, अनास्था र अपराध कार्यलाई निरुत्साहित गर्दै सिर्जित दिग्भ्रमका कारण झुक्याएर बर्षेनी हजारौं बिस्व पर्यटकहरुलाई बुद्ध जन्मस्थल भन्दै नक्कली लुम्बिनी लगेर गरिने गरिएको मानबाधिकार हनन हुनबाट उनीहरुलाई जोगाउने जस्ता उद्धेस्यका साथ लुम्बिनी-कपिलवस्तु दिवस (पहिला कपिलवस्तु दिवस) अभियान शुरु गरिएको थियो । अभियान शुरु गरिएपस्चात बिभिन्न देशको पाठ्य पुस्तकमा नै बुद्धको जन्मस्थान भारत भनी उल्लेख गरिएका जानकारीहरु प्राप्त हुन थालेको कारण माधव कुमार नेपाल प्रधानमन्त्री भएको बेलामा अभियानका बिस्व कार्य समितिका सल्लाहकारहरु पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, डा आरजु देउवा राणा, डा कबिताराम श्रेष्ठ र अभियानका बिस्व कार्य समितिका जापान, बेल्जियम र नेपालका प्रतिनिधिहरुको एक टोलीले कुटनितिक नियोगहरु मार्फत यो समस्या समाधान गरिनु पर्ने र नक्कली लुम्बिनीको सम्बन्धमा दुई सरकारका बीच कुराकानी हुनु पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाईएको थियो ।
तर बुद्ध जन्मिनु भएकै देशको त्रिभुवन विश्वविद्यालयको अंग्रेजी दोस्रो वर्षको पाठ्यक्रममा भएको एउटा पुस्तकमा “बुद्ध उत्तरी भारतामा जन्मिएको एउटा राजकुमार थिए” भनिएको छ Text : “Sidhartha Gautam, the Buddha {“Enlightened One”") had been born about 563 BC to a princely of Northern India.” {(Page 21) Book Title: A History of Knowledge , Published by Ballantine Books, New York, 1992 Author: Doren, Charles Van. । त्यस पुस्तक ११ वर्षसम्म (१९९९-२०१०) यस विश्वविद्यालयमा पढाइयो र गत वर्ष आएर विद्यार्थीहरुले आन्दोलन गरेर यो किताबलाई प्रतिबन्धित गर्न माग गरे । त्यसलाई अहिले पढ़ाइन्न भन्ने भनाई छ, तर परीक्षामा त्यसै किताबका अन्य च्याप्टरबाट अझै प्रश्नहरू सोधिने गरिन्छ । तेस्रो

“लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तर्कृयाका साथ सिडनीमा तेश्रो लुम्बिनी – कपिलवस्तु दिवस सम्पन्न

Posted by Ram Kumar Shrestha on December 13, 2011
सानु घिमिरे, ११ डिसेम्बर, सिडनी, अस्ट्रेलिया: गौतम बुद्धको जन्मस्थल लुम्बिनी – कपिलबस्तुको प्रचार र प्रबर्द्धनको लागि लुम्बिनि-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिको आयोजनामा तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस “लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तरक्रिया कार्यक्रम गरी मानाइएको छ । कार्यक्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार र प्रबर्द्धनको लागि एनआरएनको सहभागीताको सम्बन्धमा ब्यापक छलफल भयो ।
लुम्बिनी – कपिलबस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिले सिड्नीको क्यान्टेबरिमा आयोजना गरेको “लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तरक्रिया कार्यक्रममा बिदेशमा रहेका कुटनैतिक नियोगहरु र नेपाली ब्यबसायीहरुले आफ्नो कार्यालयमा लुम्बिनीको प्रबर्द्धन गर्ने खालको पोस्टर , बिलबोर्ड तथा सोवेनियर राख्नु पर्ने सुझाब दिईएकोछ ।
त्यस्तै व्यक्तिगत संचारमा पनि आफ्नो देशको पहिचान बोकेको कपिलबस्तु लुम्बिनीको बारेमा चर्चा गर्ने, बिदेशमा तथा नेपालमै पनि बिद्यालयहरुको पाठ्यपुस्तक निर्माण गर्ने निकायहरुमा गौतम बुद्धको जन्म स्थलबारे भएका गलत जानकारी सच्याउन पैरबी गर्ने , अस्ट्रेलियामा २०१२ मा हुन गइरहेको एनआरएन अस्ट्रेलियाको क्षेत्रीय सम्मेलनमा लुम्बिनी, कपिलबस्तुको प्रबर्द्धनको बारेमा एउटा सेसन आयोजना गर्न आग्रह गर्ने, बिभिन्न चाड पर्बको अबसरहरुमा यो अभियानको तर्फबाट बिभिन्न कुटनीतिक निकायहरुमा लुम्बिनीको प्रबर्ध्दन गर्ने वाक्य तथा तस्विरहरु राखेर शुभकामना आदान प्रदान गर्न आग्रह गर्ने जस्ता सुझाबहरु कार्यक्रममा सहभागीहरुबाट आएका थिए । यसै गरि अस्ट्रेलियामा बिभिन्न समयमा शहरमा हुने गरेका वृत्तचित्र प्रदर्शनका स्थलहरुमा लुम्बिनीको वृत्तचित्र प्रस्तुत गर्ने, लुम्बिनी प्रबर्द्धनको बारेमा रेडियो जिंगल तयार गरि स्थानीय रेडियोहरुमा प्रसारण गर्न अनुरोध गर्ने, समाजिक संजालहरूमा “लुम्बिनी ,नेपाल, बुद्धको जन्मस्थल हो” भन्ने भन्ने आशय झल्कने किसिमका बिभिन्न पोस्टहरु राख्ने, नेपाल सरकारलाई लुम्बिनीलाई नेपालको प्रमुख पर्यटकीय बिन्दुको रुपमा राख्न आग्रह गर्ने, नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा कम्तिमा सन् २०१२ भरि हरेक ब्यानरको छेउमा “बुद्ध वाज बोर्न इन नेपाल” भनेर लेख्न आग्रह गर्ने,बुद्धको सानो मुर्तिमा “भिजिट नेपाल, बर्थ प्लेस अफ बुद्ध ” भनिएको अथवा त्यस्तै आशय झल्कने सामग्री लेखी बिदेशी कुतैनिक नियोगहरुमा उपहार दिने, अंग्रेजी र नेपाली मिडियाहरुमा लुम्बिनी -कपिलबस्तु सम्बन्धि एउटा कोलम छुट्याएर हरेक प्रकाशनमा यससम्बन्धि सामाग्री राख्न आग्रह गर्ने लगायतका सुझाबहरु सहभागीहरुबाट प्राप्त भएका छन ।

Lumbini Master Plan

Posted by Ram Kumar Shrestha on December 10, 2011
The United Nations Development Programme contributed nearly one million dollars for preparation of a Master Plan for the development of Lumbini, including numerous engeering and archaeological studies. The plan, which was completed in 1978, has as its objecive to restore an area of about 7.7 kM2, to be known as the Lumbini Garden, centering on the garden and the Ashoka Pillar, with an additional area of 64.5 km2 to be developed in its support.
                                                                                       
UN Secretary General                                                                                                         Prof Kenzo Tange 
Late U Thant
According to architect Kenzo Tange, “the overall intent is to reinforce the symbolic entity of the Lumbini Garden in its simplicity and clarity’.. Development will provide for visitors to Lumbini – pilgrims and tourists – and will also support such complementary activities as residence of monks, research, international meetings and teachings.
Masterplan Map
Within the plan for the development of Lumbini Garden, there are three main components:
1. New Lumbini Village
2. The Cultural Centre/Monastic Zone
3. The Sacred Garden
The design is oriented north-south,with Lumbini Village and Cultural Centre north, and the focus of the design – the Sacred Garden – to the. south. On either side of the axis towards its southern end are the monastic enclaves. The entire development is tied together by a central link comprised of a walkway and a canal.
The design is oriented north-south,with Lumbini Village and Cultural Centre north, and the focus of the design – the Sacred Garden – to the. south. On either side of the axis towards its southern end are the monastic enclaves. The entire development is tied together by a central link comprised of a walkway and a canal.
This central link establishes the solitude and sanctity of the Sacred Garden,with its pillar and spectacular panorama of the Himalaya, and offers pilgrims time and space to prepare themselves as they approach the Sacred Garden.
The Monastic zone is situated in the forest area north of the Sacred garden, divided by a canal, there are East and West Monastic Enclaves having 42 plots each allotted for new monasteries of Theravada and Mahayana sects of Buddhism. Nearby, across the central link bridge, a research center, a library, an auditorium, and a museum provide facilities for research and study on Buddhism.

लुम्बिनीमा लगानी !

Posted by Ram Kumar Shrestha on December 10, 2011
दिनेश वाग्ले
 
काठमाडौ, मंसिर २४ – पुष्पकमल दाहाल सहअध्यक्ष रहेको एउटा रहस्यमयी चिनियाँ गैरसरकारी संस्थाले लुम्बिनीमा ‘तीन अर्ब डलर’ ओइर्‍याउने हल्ला विस्तारै सेलाउँदा बुद्धको जन्मथलोमा के-कस्तो विकास गर्न सकिन्छ भन्नेबारे कोरियाली सरकारले दरिलो चासो देखाएको छ । त्यो चासो केहीअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको न्युयोर्क यात्रा र लुम्बिनीलाई लिएर भइरहेका केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रयासअन्तर्गतको एउटा भाग हो । यो कोरियाली प्रयासमा राष्ट्रसंघीय महासचिव बान कि-मूनको प्रत्यक्ष संलग्नता छ भने बानको देश कोरियाका एक प्रभावशाली योजनाकारले संयोजनकारी भूमिका खेलिरहेका छन् ।
अमेरिकाका मासाचुसेट्स इन्स्िटच्युट अफ टेक्नोलोजी र हार्वाड विश्वविद्यालयमा पढेका र केही कोरियाली विश्वविद्यालयहरूमा पढाउने आर्किटेक्ट -योजनाकार) क्वाक योङ्हुन कोरियामा राजनीतिक दृष्टिले प्रभावशाली मानिन्छन् । उनी महासचिव बानका साथी पनि हुन् । उनीहरू दुवैका आमा पनि एकअर्काका साथी हुन् यद्यपि क्वाककी -स्व) आमा क्रिस्चियन थिइन्, बानकी बौद्धमार्गी । क्वाककी पत्नी किम चुङ् कोरियाको संसद् (नेसनल एसेम्ब्ली) की सदस्य हुन् । त्यस्तै, कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग संस्था -कोइका) का प्रमुख पार्क डे-वोनसँग पनि क्वाकको नजिकको सम्बन्ध रहेको बताइएको छ । त्यो सम्बन्ध अनि बानको चाहनाका कारण तत्काललाई लुम्बिनीमा के गर्न सकिन्छ भन्नेबारे बुझ्न १६ करोड रुपैयाँको अध्ययन गरिहाल्न कोरियाले नेपाल सरकारसँग सम्झौता गर्न लागेको यी सबै मामिलाबारे जानकार स्रोतले कान्तिपुरलाई बतायो ।
डा. क्वाक लुम्बिनीबारे गहिरो जानकारी भएका प्राज्ञ पनि हुन् । कोस्टारिकाका अर्का प्राज्ञ डा. अबेलार्दो ब्रेनेससँग मिलेर उनले डिसेम्बर १९९९ मा राष्ट्रसंघीय विकास कार्यक्रमको खर्चमा लुम्बिनीमा कसरी विकास गर्न सकिन्छ भन्नेबारे अध्ययन गरेका थिए । केही सातायता दाहालले बारम्बार उल्लेख गर्ने गरेको ‘लुम्बिनी विश्व शान्ति सहर’ को अवधारणा क्वाकको त्यही रिपोर्टमा आधारित छ ।

रामनगरमा बुद्धकालीन सामग्री भेटियो

Posted by Ram Kumar Shrestha on December 8, 2011
परासी, मङ्सिर २२- नवलपरासी रामनगर गाउँ विकास समितिमा पर्ने पानवार खोलानजिकै इनारमा पुराना ऐतिहासिक बुद्धकालीन सामग्री फेला परेको छ। स्थानीयवासीका अनुसार इनारमा पासा र औँठीलगायतका बुद्धकालीन सामग्री फेला परेको हो।
फेला परेका सामग्री हेर्दा कपिलवस्तुको तिरैराकोटको सङ्ग्रहालयमा रहेका सामग्रीसँग मिल्दोजुला रहेको स्थानीयवासीले बताएका छन्।
स्थानीयवासीका अनुसार सो क्षेत्रमा पछिल्लो पटक पुरातात्विक इनारसहित ऐतिहासिक विभिन्न बुद्धकालीन सामग्री फेलापरेको हो।
खोलामा बालुवा गिट्टी लिन गएका ट्र्याक्टरका मजदुरहरूले इनार देखेपछि स्थानीयवासीले बालुवा गिट्टी निकाल्न रोक लगाएका छन्। रासस

क्यानाडामा तेस्रो लुम्बिनी-कपिलबस्तु दिवस कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on December 3, 2011
अशोक खड्का, टोरोन्टो, क्यानाडा २८ नोभेम्बर – क्यानडाको मिसासागा, टोरोन्टोमा लुम्बिनी-कपिलबस्तु दिवस अभियान क्यानडा राष्ट्रिय समितिको आयोजनामा तेश्रो लुम्बिनी – कपिलवस्तु दिवस कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। अपरान्ह २ बजे केन्द्रीय पुस्तकालयको हलमा शुरु भएको कार्यक्रम पाँच बजेसम्म चलेको थियो। कार्यक्रमको संचालन लुम्बिनी-कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति सदस्य गोबिन्द सिवाकोटीले गर्नु भएको थियो भने अर्का सदस्य आङवरु शेर्पाले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्नुभएको थियो।
अभियानका विश्व समिति सदस्य तथा क्यानाडा संयोजक चन्द्र राइले कार्यक्रमको औचित्व र अभियानबारे प्रकाश पार्दै, “हामी देश विदेशमा रहेका नेपालीहरु विभिन्न समुदाय, सामुदायिक संजाल बनाएर सामुदायिक सेवा र गतिबिधीमा मात्र लागेका हुन्छौं, तर हाम्रो सिंगै देश, राष्ट्रियता, पहिचान, इज्जत र राष्ट्रिय समृद्धिको महत्वपूर्ण कर्तब्य भुलिरहेका हुन्छौं। यसो भनिरहदा गैह्र आबासीय नेपालीहरुको सबैभन्दा ठुलो सञ्जाल (एन.आर.एन) मा राष्ट्रियता, राष्ट्रिय सार्बभौमसत्ताको सबालमा थोरै पनि एजेन्डा नआउँदा हामी हाम्रा आफ्नै बाध्यता र ब्यस्तताको बाबजुद पनि माटोको ऋणको निम्ति यस पबित्र अभियानमा छौ” भन्दै सबैलाई एकजुट हन आब्हान गर्नु भयो।

तेश्रो लुम्बिनी–कपिलवस्तु दिवसका अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी

Posted by Ram Kumar Shrestha on December 2, 2011
काठमाण्डौं, मंसिर १५ : तेश्रो लुम्बिनी–कपिलवस्तु दिवस (डिसेम्बर १) का अवसरमा लुम्बिनी–कपिलवस्तु अभियानका तर्फबाट काठमाण्डौमा आयोजना गरिएको बिशेष कार्यक्रमको दोश्रो सत्रको रुपमा एउटा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरियो । कार्यक्रमको पहिलो सत्र पूर्व प्रधानमन्त्री, लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका अध्यक्ष एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु, बुद्धिजिबी, अभियानका बिभिन्न देशका प्रतिनिधिहरु, पर्यटन ब्यबसायीहरु, बिभिन्न स्कूलका बिद्यार्थीहरु र शिक्षाकहरुको उपस्थिति थियो ।
उक्त गोस्ठीमा कपिलवस्तु क्षेत्र नं. १ का सभासद् एवं पूर्व पर्यटन तथा संस्कृति मन्त्री दीपकुमार उपाध्याय, क्षेत्र नं. ५ का सभासद् अभिषेक प्रताप शाह, पूर्व मन्त्री एवं नेकपा एमालेका नेता हिरण्यलाल श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पदाधिकारीहरु, स्कुल÷कलेजका विद्यार्थी शिक्षक प्रतिनिधि, बुद्धिजीबि, अभियानका बिभिन्न देशका प्रतिनिधिहरु, नेपाल प्रतिनिधिहरु र पर्यवेक्षक रहनु भएको थियो । उक्त अवसरमा इतिहास तथा सम्पदा विषयमा गोरखापत्रका पूर्व सम्पादक एवं बौद्ध संस्कृतिविद् केदार शाक्य, मिडिया तथा प्रचार प्रसार सम्बन्धमा वरिष्ठ पत्रकार एवं एक्यवद्धता मासिकका सम्पादक नीलकण्ठ तिवारी, अन्तर्राष्ट्रिय अवस्थाका सम्बन्धमा विदेश प्रतिनिधिहरुका तर्फबाट डा. हरि कुमार श्रेष्ठ, सांस्कृतिक अवस्थाका बारेमा हास्य कलाकार मनोज गजुरेल एवं स्थानीयवासीका तर्फबाट दुर्गा अर्यालले तयार पार्नुभएको कार्यपत्रलाई निलेश अधिकारीले प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा श्री दीपकुमार उपाध्यायले अति महत्वपूर्ण सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।
यस सत्रको सभापतित्व श्री हिरण्यलाल श्रेष्ठ एवं कार्यक्रम संचालन लक्ष्मण पुरीले गर्नुभएको थियो । उक्त गोष्ठीको विस्तृत दस्तावेज पछि सार्वजनिक गरिनेछ । संयोगवश डिसेम्बर १ मा नै नेपाल सरकारले “लुम्बिनी भ्रमण वर्ष–२०१२”को घोषणा गरेको छ । उक्त भ्रमण वर्ष सफल पार्न अभियानले समेत सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जाहेर गरेको छ ।

लुम्बिनी भ्रमण वर्ष घोषणा

Posted by Ram Kumar Shrestha on December 2, 2011
माधव ढुंगाना
भैरहवा, मंसिर १६ – ‘क्रान्तिबाट शान्ति आउँछ,’ भन्ने उद्घोष सहित कुनै बेला हतियार समाएका प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकलाई शान्ति क्षेत्रतर्फ डोर्‍याउने वाचासहति बिहीबार ‘लुम्बिनी भ्रमण वर्ष-२०१२’ को घोषणा गरेका छन् ।बुद्धको जन्मस्थल पुगेका भट्टराईले सिद्धार्थ गौतमले विद्रोह भोक, रोग, गरिबी, असमानता, उत्पीडन र शोषण विरुद्ध क्रान्ति गरेको स्मण गर्दै ‘विगतका सम्पूर्ण द्वन्द्व र त्यसका असर अन्त्य गरी मुलुकमा चिरस्थायी शान्ति स्थापना गर्ने प्रयासमा सरकार लागेको’ उद्घोष् ासमेत गरे ।
‘हाम्रो देश शान्ति दूत बुद्धको जन्मस्थल भएकाले यो मुलुकमा चिरशान्ति स्थापना गरिछाड्ने वाचा सहित सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाइने घोषणा गर्छु,’ यहाँ आयोजित एक कार्यक्रममा प्रधानमन्त्री भट्टराईले भने । ‘हतियारको होडबाजीलाई अन्त्य गरी शान्तिपूर्ण समाजको निर्माण गरेर बस्न र संसारलाई शान्तिको सन्देश फैलाउन’ आफ्नो सरकार प्रतिबद्ध रहेको समेत उनले उद्घोष गरे ।

हातहतियारको होडबाजी भएको बिस्वलाई बुद्धको शान्तिको सन्देश अपरिहार्य

Posted by Ram Kumar Shrestha on December 2, 2011