By रामकुमार श्रेष्ठ
त्यसैले लुम्बिनीमा अब छिट्टै केही भएरै छाडछ - खुट्टा कमाउने कमाइ रहुन, भंडुवाहरु भाँडिरहुन, पलायन हुने भैरहुन । हामी आ-आफ्नो स्तर र क्षमताले भ्याएसम्म बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कामलाई नागरिकीय दायित्व ठानेर आ-आफ्नो ठाउँबाट जारी राखौं । आस्चर्यजनक सन्नाटाका बीच पनि सबैतिरबाट बातावरण हाम्रै पक्षमा तयार हुँदैछ । शान्तिका प्रतिमूर्ति बुद्धका कारण लुम्बिनी र यस्को वरिपरिको एकीकृत बिकास गर्न बिभिन्न देशका प्रतिष्ठित ब्यक्ति र संस्थाहरुदेखि राष्ट्र संघसम्म अनबरत लागिरहँदा हाम्रोतर्फबाट भने आफूले केही गर्न नसके पनि उनीहरुको चाहना पुरा गर्नमा समेत खासै कार्यतत्परता नदर्शाइनु अत्यन्तै लज्जाजनक हो । संकुचित घेराभन्दा माथि उठन सक्नु आजको आवश्यकता हो । बिस्वले नै महत्व दिइरहेको लुम्बिनी बिकासमा बर्तमानका सकारात्मक पक्षलाई अब पनि सदुपयोग गर्नुको अलावा यो वा त्यो बहानामा ब्यबधान खडा गर्नु भनेको बिस्वकै सामू आफूलाई हास्य पात्रको रुपमा देखाउनुभन्दा बढी केही हुनेछैन । केही गर्न खोज्नेको लागि बिभिन्न स्तरबाट बिभिन्न रुपमा ब्यबधान सिर्जना जतिसुकै गरे पनि लुम्बिनी छिट्टै मेक्का मेदिना र भ्याटिकन सिटी जस्तै संसारभरिका पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने कुरामा सन्देह छैन । त्यसैले निम्नतम नागरिकीय दायित्व पुरा गर्नुको अलावा गर्न खोज्नेको बाटो ढुक्दै ढुंगाप्रहार गरेर अरुले खुलेयाम र आँफैले आँफैलाई आजीवन मनमनै अपराधी भन्ने बातावरण किन बनाउने?नेतादेखि जंक जनतासम्म भारतको स्वार्थको लागि काम गरिदिने भएकोले नेपालको राष्ट्रियता जति कम्जोर छ भनेर भनिने गरिए तापनि यो सोंचेभन्दा धेरै मजबूत छ । उठान गरिएका संबेदनशील मुद्धाहरुमा मौन बसिदिने अकबर बीरबलको कथाका जस्ता बग्रेल्ती अन्धाहरु मात्रै नभएर नेपालका हितमा हुन लागेका र गरिन लागेका कुनै पनि गतिबिधिमा दिल्लीमा बस्नेहरुलाई हाँच्छ्यू नआउँदै नेपालभित्रै अनेक बहानामा एण्टिबायोटिक नै खानु पर्ने दिग्गज जंक जनताहरु जति देखा परे पनि यस्ले बिशेष अवस्थामा संभाबित खतराबाट जोगिन धेरै हदसम्म सहयोगीको भूमिका निर्बाह गर्नेछ ।
सामान्य भाषामा भन्नु पर्दा राष्ट्रियता भनेको देशको अस्तित्वमाथि देखा पर्ने वा देखा परेका समस्याका कारणसिर्जित चिन्ता, चिन्तन र समस्या समाधानका लागि गरिने बिभिन्न गतिबिधि हुन । यो नि:शर्त, नि:स्वार्थ र स्वत: स्फूर्त रुपमा देखा पर्नु पर्ने हो तापनि आजको स्वार्थपूर्ण समयमा बिभिन्न स्वार्थका कारण त्यसरी देखा नपर्ने मात्रै होइन कि यदाकदा बिभिन्न रुपमा बिभिन्न स्तरबाट राष्ट्रियताको बिषयमा कृयाशिलहरुकाखिलाफमा बिभिन्न किसिमले ब्यबधान र भ्रम सिर्जना गर्ने, निरुत्साहित गर्ने, सहभागीहरुलाई निस्कृय रहतोत्सहित पार्ने जस्ता कामहरु समेत हुने गर्छन् । उठान गरिने बिषयबस्तु र यस्मा संलग्न ब्यक्ति र समूहअनुसार बिषयबस्तुले स्थानीय, राष्ट्रिय मात्रै नभएर क्षेत्रीय र बिस्वब्यापी रुप समेत लिन सक्छ र सामनागरिनु पर्ने समस्याले पनि ।
बिदेशी भूमिबाट राष्ट्रियता गतिबिधि देशको माया गर्न भूगोलले छेक्दैन र यो आलेख पछिल्लो चार बर्षमा बिदेशमा बस्ने नेपालीहरुद्धारा गरिएकागतिबिधिहरुमा केन्द्रित हुनेछ । बिदेशमा बस्ने नेपालीहरुका बीच बिशेष गरी करीब चार बर्षदेखि राष्ट्रियताको बिषयमा धेरै गतिबिधि भएका देखिन्छन । भारतद्धारा नेपाली भू-भागमा गरिएको अतिक्रमण र नेपालीमाथि गरिएका बिभिन्नकिसिमका अमानबीय दुर्व्यबहारका बिरुद्ध जून १५, २००९ मा बिभिन्न देशमा कार्यक्रम आयोजना गरिए भने फेसबुक मार्फत बिशेष तयारीका साथ सोही दिन चौबिसै घण्टा बिस्वभर छरिएर रहेका नेपालीहरुले बिरोध कार्यमा सहभागी भए ।
त्यस्को लागि माइ संसार, अनलाइन खबर, नागरिक न्यूज, डिसी नेपाल, नेपाल अरब, नेपाल डायरी, नेपाल समाचार आदिले सहयोग पुर्याए । माइ संसारको ऐक्यबद्धता उल्लेखनीय थियो जस्को सकृयतामा सो दिनको लागि उपयुक्त थुप्रै सामग्री तयार भएका थिए । त्यस्को लगत्तै सार्क क्षेत्रमा देखा परेको शक्ति असन्तुलनका कारण सिर्जित समस्या समाधानलाई सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जाल तयार गरेर शक्ति सन्तुलनमा केही योगदान दिन सकिन्छ कि भनेर बिभिन्न देशमा छरिएर रहेका बिभिन्न देशका प्रतिनिधिहरु खोज्ने काम शुरु भएको र त्यही सन्दर्भलाई आधार बनाएर माइ संसार लगायत अन्य केही पत्रिकाहरुमा "सार्क बिस्तार प्रसंग र नेपाली परिबेश" लेख समेत प्रकाशित गरिएको थियो । सोही बेला २००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबरमा प्रकाशित “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” मार्फत अत्यन्तै संबेदनशील समाचारमा भारतमा नक्कली लुम्बिनी र कपिलवस्तु निर्माण कार्य झन्डै असी प्रतिशत संपन्न भैसकेको र २०१२ सम्ममा संपन्न गर्ने किसिमले जोडतोडका साथ काम भैरहेको खबर प्रकाशमा आउँदासम्म पनि त्यससम्बन्धमा नेपालका कुनै पनि निकायबाट कुनै पनि किसिमका आवाज उठाएको नपाईएकोले सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जालतयारको तुलनामा यस्लाई प्राथमिकतामा पार्नु पर्ने ठहर गरी बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले कपिलवस्तु दिवस अभियान (हाल लुम्बिनी-कपिलवस्तु दिवस अभियान) शुरु गर्न पुगे । आफ्नो बिस्वब्यापी सन्जाल बिस्तार गर्दै छोटो समयमा यस्ले गरेका धेरै प्रयासहरुका बीच केही उल्लेख्य उपलब्धीहरु पनि हासिल गरेको छ ।