रामकुमार श्रेष्ठ
विश्वव्यापी महत्वको लुम्बिनी
विश्वमा झन्डै पचास करोड बुद्धिस्ट छन् भने बुद्धिज्मलाई धर्मभन्दा पनि बिज्ञानको रुपमा मान्नेहरु पनि लाखौं भएकाले लुम्बिनीमा पर्यटनको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा बर्षेनी लाखौं पर्यटक भित्र्याएर करोडौं डलर आम्दानी गर्न सकिने देखिन्छ जुन नेपालको बिकासमा कायापलट ल्याउन सहायकसिद्ध हुन सक्छ ।
लुम्बिनी शान्ति सहर बनाउने गुरुयोजना तयार गर्न लामो समयदेखि ब्यस्त थुप्रै इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनसंग सम्बन्धित जर्नलहरुको संपादक मण्डलमा कार्यरत एबं इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनमा अन्तराष्ट्रिय ख्याती प्राप्त प्राध्यापक क्वाक वार्षिक एक लाख पर्यटक एक दिनका लागि लुम्बिनीमा आउनेलाई बढाएर हरेक वर्ष ६ लाख पर्यटक लुम्बिनीमा ल्याउने र उनीहरूलाई १५ दिन बस्ने संरचना बनाउने लक्ष प्राप्तीका लागि कार्यरत छन ।
बुद्धको यही विश्वव्यापी महत्वबाट लालायित भएर नेपालको बिबिध कम्जोरीको फाइदा उठाउँदै शक्तिका भरमा संपूर्ण विश्व मान्यता बिपरीत करोडौं खर्च गरेर नक्कली लुम्बिनी र कपिलवस्तु नै निर्माण कार्यका जुटेर झन्डै अन्तिम चरणमा पुगेको भारत जनस्तरमा नै भए पनि आजको इन्टरनेटको जमानामा सामाजिक सन्जाल एबं बिभिन्न किसिमबाट गरिएका ब्यापक बिरोधका कारण बुद्ध भारतमा जन्मिएको भन्ने दुस्प्रयास धरायासी हुन सक्ने र नैतिकताको प्रश्नको संभावनालाई ध्यानमा राखी बुद्धले ध्यान र ज्ञान प्राप्त गरेको कुरालाई आधार मानी बुद्ध भारतमा जन्मिएको कुरालाई ब्यापक रुपमा अगाडि बढाउन अग्रसर भएको देखिन्छ ।
के गर्दैछ भारत ?
२०११ को जुनमा बौद्ध इतिहास र संस्कृतिबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले भारत, चीन, जापान, मंगोलिया, म्यानमार, नेपाल, सिंगापुर, दक्षिण कोरिया र भियतनामका अध्येता सहभागी गराएर बेइजिङमा आयोजना गरेको बुद्धिज्मः म्यापिङ एसियाज हिस्ट्री एन्ड कल्चर’ विषयमा भएको कार्यक्रम मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पार्यो । भारतलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने अभियान अन्तर्गत कजाकिस्तान, हंगेरी, इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, कम्बोडिया, श्रीलंका, नेपाल, भियतनाम लगायतका देशमा यस अघि नै कार्यक्रम गरिसकेको कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंह निर्देशक रहेको भारतको सांस्कृतिक कुटनीति हेर्ने संस्था इन्डियन काउन्सिल फर कल्चर रिलेसन्स् (आइसिसिआर) र पेकिङ युनिभर्सिटीसँग मिलेर बेइजिङस्थित भारतीय दूतावासले एसिया क्षेत्रीय स्तरको उक्त कार्यक्रम आयोजना गरेका थिए ।