सबैभन्दा महत्वपूर्ण उपलब्धी र भावी रणनीति: बिभिन्न देशको पाठ्य पुस्तकमा नै वुद्धको जन्मस्थल भारत लेखिएकोले करोडौं मानिसले त्यही पढ्ने हुनाले उनीहरुद्धारा सिर्जित कुनै पनि गतिबिधिमा त्यस्को प्रभाव पर्नु स्वाभाबिकै हो तापनि यो कुनियत भने होइन । जाकारीयालाई धेरै दबाब दिंदा पनि आत्मालोचना नगर्नु, ब्रिटिश म्युजियममा डा सोना दत्तको काम, नक्कली लुम्बिनी निर्माण आदि भने कुनियत हुन । यसरी ठूला ठूला बिभिन्न समस्या हुँदाहुँदै पनि समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले अभियानको तर्फबाट तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई कुटनितिक नियोग मार्फत बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाईएको थियो । त्यसैले कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई गर्नु भएको आग्रहपस्चात त्यहाँको सरकारले पाठ्य पुस्तकमा सच्याउने जुन निर्णय गरेको छ त्यो अभियानको लागि कोसेढुंगा हो र अब अन्य देशमा यही कार्यलाई निरन्तरता दिन सकियो भने यो विस्वब्यापी समस्या समाधान कार्य समस्या हुनेछैन ।
प्रमाणित गर्ने नभएर सिर्जित दिग्भ्रम निस्तेज पार्ने हाम्रो दायित्व: “वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने काम कहाँ पुग्यो?” जस्तो प्रश्न यदाकदा आउने गर्छन् । वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको छ । त्यसैले युनेस्कोले लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेको र जापानले युनेस्को मार्फत पाँच बर्षे परियोजना शुरु गरेको हो भने प्रो केन्जो टांगे र प्रो क्वाकले लुम्बिनीको गुरु योजना तयार पारेका हुन वुद्ध जन्मस्थल बिकास गर्ने हेतुले र यी दुबै गुरु योजना राष्ट्र संघ आन्तर्गतकै काम हुन । हाम्रो मौनता र कम्जोरीको फायदा उठाएर शक्तिको भरमा वुद्धको बिस्वब्यापी महत्वका कारण त्यसबाट लालायितहरुले गलत कुरालाई सही जस्तो देखिने गरी वुद्ध भारतमा जन्मेको भन्ने किसिमले बिभिन्न देशको पाठ्य पुस्तक, ठूला ठूला संग्रहालयहरु, प्रभाबशाली अन्तरास्ट्रिय संस्थाहरु एबं पत्रिकाहरु, नक्कली लुम्बिनी र कपिलवस्तु आदि मार्फत दिग्भ्रमलाई विस्वब्यापी बनाउने जुन काम भएको छ यस्ले नेपालको राष्ट्रियता कम्जोर बनाउने र नतमस्तक हुनु पर्ने अवस्था मात्रै सिर्जना भएको छैन, यस्ले वुद्धप्रति आस्थाबानहरु बुद्ध जन्मस्थल जान चाहनेहरु कि त झुक्किएर कि त झुक्याइएर वर्षेनी हजारौंको संख्यामा नक्कली लुम्बिनी पुग्ने पुर्याइने कामले उनीहरुको मानबाधिकार हनन हुने र उनीहरुको आस्थामा कुठाराघात पुर्याइने काम जस्तो जघन्य आपराधिक काम बुद्धकै नाममा भैराखेकोले सिर्जित दिग्भ्रम निस्तेज पार्दै यी सबै आपराधिक काम रोकथाम गरी भैराखेको विस्व माबाधिकार हनन समाधान कार्यमा योगदान दिनु पनि हो हाम्रो अस्तित्व र प्रतिस्ठालाई धुमिल हुन नदिने काम गर्दै ।
By रामकुमार श्रेष्ठ
बिशेष अनुरोध: ठूला ग्रुप मेलहरुका कारण यो मेल पाँच हजारभन्दा बढीमा पुग्ने भएको र यो जानकारी दिने प्रयोजनका लागि लेखिएकोले लेख्नै पर्ने नीतिगत कुरामा बाहेक “Reply all” नगरिदिनु हुन बिशेष अनुरोध । फर्किने केही मेलहरुका कारण संधै जस्तै “Reply” भन्दा पनि बरु छुट्टै मेल गर्नु भयो भने मेल प्राप्ती कार्य सहज हुनेछ । मूलत: लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पाँचौं वार्षिकी तयारी, र अहिलेसम्मका मूलभूत उपलब्धिहरुको समिक्षात्मक बिस्लेषण र भावी दिनका प्राथमिकतामा केन्द्रित यो ईमेल केही लामो भएको र यस्मा केही महत्वपूर्ण जानकारीका लिंकहरु समेत राखिएको पूर्व जानकारी गराइन्छ । (Target groups: Political leaders, Diplomatic missions, Movement activists, NRN activists, intellectuals, journalists and public)
१ अभियानको पाँचौं वार्षिकोत्सब का कार्यक्रमहरु: वुद्धको विस्वब्यापी महत्वका कारण लालायितहरुद्धारा नेपालको कम्जोरीको फायदा उठाएर शक्तिका भरमा वुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको विस्वब्यापी दिग्भ्रमलाई निस्तेज पार्ने उद्धेस्यका साथ सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले छोटो समयमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्दै पाँचौ बर्ष प्रबेषको अबसरमा आगामी डिसेम्बर १ मा बिभिन्न देशमा बिशेष रुपमा कार्यक्रम मनाउने तयारीमा छ तपसिलका कार्यक्रमहरुलाई समेटेर: