Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Thursday, March 31, 2011

लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना

शेरबहादुर केसी, लुम्विनी, चैत १७- शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीलाई प्राकृतिक दृष्टिले भरिपूर्ण बनाउन लुम्विनी विकास कोषले खुला चिडियाखानाको अवधारणा अघि सारेको छ। डब्लुडब्लुएफको सहयोगमा कोषले लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना अघि सार्न गइरहेको हो।
‘बुद्ध जन्मस्थललाई प्राकृतिक दृष्टिले विकास गर्ने सोचअनुरुप खुला चिडियाखाना बनाउने योजना अघि सारेका हौं– लुम्विनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापाले नागरिकलाई भने।

लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना दीर्घकालीन दृष्टिले अघि बढाउनेबारेमा डब्लुडब्लुएफका अधिकारी र लुम्विनी विकास कोषबीच केही चरणमा छलफलसमेत भइसकेको छ। यो दीर्घकालीन योजना अघि बढाउन डब्लुडब्लएफसँगको छलफल प्रारम्भिक भएको कोषको भनाई छ।

कोषले यो अवधारणा सुरु गर्न पहिलो चरणमा वन विस्तारका लागि नर्सरी व्यवस्थापन र कोषको खुला क्षेत्रलाई तारवार लगाउने कामलाई पहिलो चरणमा राखेको छ। कोषको कोषको ७ सय ७७ हेक्टर क्षेत्रफलको वरिपरिको १६ किलोमिटर क्षेत्रफलमा तारबार लगाए खुलारुपमा सर्वसाधारण कोषको क्षेत्राधिकारभित्र मनपरी पस्न पाउँदैंनन्।

कोषका इञ्जिनियर सरोज भट्टराईका अनुसार अझै चार किलोमिटर क्षेत्रफलमा तारवार लगाउन बाँकी छ। १२ किलोमिटरमा तारबार गर्ने काम भइसकेको छ। बाँकी क्षेत्रफलमा दुई वर्षभित्र तारबार गर्ने काम सक्ने योजना बनाउँदै कोष प्रशासनले बजेटका लागि माथिल्लो निकायमा पहल गरिरहेको छ।

Wednesday, March 30, 2011

साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण


[कपिलबस्तु दिवस अभियानले बुद्ध र बुद्ध जन्मस्थलबारे भ्रम सिर्जना गर्ने सामग्री सहितका पुस्तक, लेख एबं वेब साइटहरुको लिस्ट तयार गर्ने योजना बनाएको सन्दर्भमा बिस्व नेपाली साहित्य महासंघले नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि निर्माण गरेको 'नेपाल सम्बन्धि सूचना सुधार कार्यदल'को कार्य चुनौतिपूर्ण भए तापनि अत्यन्तै स्वागतयोग्य छ ।]

ब्रुनाई २८ मार्च २०११ विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो ।
बरिष्ठ साहित्यकार स्व. डायमण्ड शमशेर राणाको चिर आत्माले शान्ति पाओस भन्ने कामना गर्दै एक मिनेट मौनधारणबाट शुरु भएको बैठकले अघिल्लो बैठकको निर्णयहरुको समिक्षा गर्दै अध्यक्ष डा. मधु माधुर्य (रसिया), उपाध्यक्ष तिलक मल्ल (जापान) र महासचिव विश्वासदीप तिगेला (ब्रुनाई) रहेको ३ सदसिय महासंङ्घ केन्द्रिय सचिवालयको निर्माण भएको घोषणा गर्यो, बाँकी २ जना भविश्यमा थप गर्ने निर्णय भयो ।

नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि महासंघले निर्माण गरेको 'नेपाल सम्बन्धि सूचना सुधार कार्यदल'मा बरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई (किर्तिपुर) र कपिलबस्तु दिवस अभियान अभियन्ता रामकुमार श्रेष्ठ (वेलायत)लाई सर्वसम्मत आग्रह सहित चयन गर्यो र अघिल्लो बैठकबाट चयन हुनुभएका साहित्यकार मुरारीराज शर्मा सहित अब ३ सदस्यित कार्यदल बन्न पुगेको छ, साथै भविश्यमा स्पेनिस, फेन्च, चाइनिज लगायत अन्य भाषाविदहरुलाई पनि समेटिने निर्णय गर्यो ।

Sunday, March 27, 2011

गैरआवासीय नेपाली संघद्धारा बौद्धमा गरिने पूजाको सन्दर्भमा सुझाब

जापानमा गएको महाभूकम्प तथा सुनामीका कारण अत्यन्त ठूलो जन धनको क्षति हुन गएको सन्दर्भमा गैरआवासीय नेपाली संघले समबेदना एवं शान्तीको कामना गर्दै जापान सरकार तथा जापानी जनता प्रति शोक एवं सम्वेदना संदेश पठाउने उद्धेश्यले तथा दिवगंत आत्माहरुको चीर शान्ति एवं अंगभंग भएकाहरुको शीघ्र स्वास्थ्य लाभ एवं दुई देशका जनता र सरकार वीचको सम्बन्धलाई अझ सुदृढ र गाढा बनाउन जापानका महामहिम राजदूत तात्सुओ मिजुनोको समुपस्थितिमा जापान सरकार एवं जापानी जनताका नाममा गरिन लागेको पूजा कार्यक्रमम आयोजना गर्दै छ बौद्धमा । यसै सन्दर्भमा कपिलबस्तु दिवस अभियान जापान संयोजक ओम गुरुङले उक्त पूजा बौद्धको सट्टा बुद्धको जन्मस्थान लुम्बिनी अथबा त्यसबेलाको राजाधानी कपिलबस्तुमा आयोजना गर्न सकिएको खण्डमा अझ राम्रो हुने सुझाब सहित गैरआवासीय नेपाली संघका अध्यक्ष देबमान हिराचनलाई अनुरोध गर्दै पत्र लेख्नु भए थियो । गैरआवासीय नेपाली संघका तर्फबाट निमन्त्रणा सहित पठाइएको पत्र र सुझाबको लागि पठाइएको पत्र दुबै जानकारीको लागि यहाँ राखिएको छ ।

साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित दुइ पुस्तक हङकङमा विमोचित

Posted by Ram Kumar Shrestha on September 4, 2010
टंक सम्बाहाम्फे-सन् २०१० सेप्टेम्बर ४ तारीख शनिबारका दिन हङकङस्थित जोर्डनको सनरार्इज साप्ताहिकको कार्यलय हलमा अस्वीकृत साहित्यिक अन्दोलन देखि बुटपालीस साहित्यिक आन्दोलनका अभियान्ता साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित दुर्इ पुस्तक “स्वीकृत यात्राका अस्वीकृत सन्दर्भहरु” निबन्ध संग्रह र “महाभिनिष्क्रणका अस्वीकृत पाइलाहरु” बुद्घका जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यास भयवादका प्रवर्तक साहित्यकार देश सुब्बाका सुपुत्र निसाम सुब्बाको बाहुलीबाट एउटा अनौपचारीक साहित्यिक कार्यक्रममा बिमोचन गरियो । हङकङमा नेपाली भाषामा बालसाहित्यको अभावलार्इ अस्वीकृत भएको ठहर गर्दै अस्वीकृत साहित्यिक अन्दोलनका अभियान्ता साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित पुस्तकहरु बालकको हातबाट बिमोचन गरिएको कुरा स्वयम पुस्तककार डा.कविताराम श्रेष्ठले आफ्नो बिचार राख्ने क्रममा भन्नु भयो ।

देवदहबाट पुरातात्विक महत्वका बस्तुहरु चोरी

Posted by Ram Kumar Shrestha on September 3, 2010
By भिम गुरुङ
१७ ,भाद्र,देवदह- भगवान गौतम बुद्धसंग सम्बन्धीत सबै ठाउँहरु भारतमा नै पर्दछ भनेर भारतीय प्रचार माध्यमहरुले बारम्बार भनि रहेको अवस्थामा भगवान बुद्धको मावली स्थल देवदहबाट भग्नावशेस खनेर पुरातात्वीक महत्वका बस्तुहरु चोरी भएका छन् ।
रुपन्देहीको देवदह स्थित कन्यामाई मन्दिरको परिसरबाट देवदहसंग सम्बन्धीत बस्तुहरु गए राती अज्ञात समूहबाट मन्दिर परिसरको पूर्वी घोलाको छेउ भागमा रहेको भग्नावशेस खनेर चोरी लगेका हुन् । भग्नावाशेष रहेको भित्ता र घोलामा तिन फीट खनी पुराना र चाक्ला ईट्टाहरु, ठूला र चाक्ला कुदिएका ढुङ्गाहरु र पुरिएको अवस्थामा रहेका मुर्तिहरु लगेको बैरीमाई जनकल्याण क्लबका पुर्व अध्यक्ष चुरामणि गैरेले जानकारी गराउनु भएको छ ।
मन्दिरको पछिल्लो भागमा कसैले नदेख्ने ठाउँमा रहेको सो स्थलबाट राती लगभग एघार बाह्र बजेको समयमा मोटर साइकलमा आइ लगेको हुन सक्ने वहाँले अनुमान गर्नु भएको छ ।

भगवान गौतम बुद्ध भारतमा नै जन्मेको र लुम्विनी, देवदह , रामग्राम पनि भारतमा नै पर्दछ भनेर भारतीय प्रचार माध्यमहरुले बारम्बार भनि रहेको अवस्थामा उनीहरुको इसारामा यो चोरी भएको आशंका गरिएको छ । भगवान बुद्धको मावली देवदहबाट यसरी भग्नावशेष खनेर पुरातात्वीक महत्वका बस्तुहरु चोरी हुनुमा राज्यको बेवास्ता र स्थानीय संघ संस्थाहरुको गैर जिम्मेवारी व्यवहार रहेको बैरीमाई कन्यामाई संरक्षण समितीकी अध्यक्ष मन कुमारी काफ्लेले बताउनु हुन्छ ।

कपिलवस्तु दिवस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठबाट नेशनल टिभीलाई अन्तरवार्ता

Posted by Ram Kumar Shrestha on September 1, 2010
३१ अगस्ट, २०१०, काठमाडौं। कपिलवस्तु दिवस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठबाट नेशनल टिभीबाट प्रसारित कार्यक्रम ‘अभिवादन’मा अन्तरवार्ता दिनु हुँदै अस्वीकृत साहित्य आन्दोलन र कपिलवस्तु दिवस अभियानको बारेमा जानकारी दिनुभयो। उक्त अन्तरवार्तामा बुद्धजन्मस्थलको बारेमा भइरहेको विश्वव्यापी भ्रम निवारणका लागि प्रधानमन्त्री समक्ष कपिलवस्तु दिवस अभियानको तर्फबाट ज्ञापनपत्र बुझाइएको बारे उहाँले स्पष्ट पार्नुभयो। यसै कार्यक्रममार्फत उहाँले भरखरै प्रकाशित आफ्ना दुई कृतिहरु सार्वजनिक गर्नुभयो। कपिलवस्तु दिवस अभियान विश्व कार्य समिति प्रकाशक र विवेक सिर्जनशील प्रकाशन प्रा.लि. सह प्रकाशक रहेको उहाँको कृति ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ को पहिलो विमोचन भने हंगकंगमा हुने भएको छ। नेपाल रहनु हुँदा कपिलवस्तु दिवस अभियान सार्क र नेपाल कमिटी गठनमा उहाँको महत्वपूर्ण योगदान रहेको छ भने हंगकंगमा रहनु हुँदा हंगकंग कमिटी गठन गरी अभियानलाई अझ गति दिने उहाँको कार्यक्रम रहेको पनि सोही अन्तरवार्तामा उहाँले जानकारी दिनुभयो। उहाँ आजै हंगकंगतर्फ प्रस्थान हुनु हुने भएको छ। यो अन्तरवार्ता नेशनलटिभीको वेबसाइटhttp://www.nationaltvnepal.tv मा हेर्न र सुन्न सकिने छ।

रुपन्देहीमा बुद्धकालीन अवशेषको विजोग

Posted by Ram Kumar Shrestha on August 27, 2010
भैरहवा, भदौ ११। पर्रोहा ६ सैनामैनामा बुद्धकालीन अवशेष  छरपष्ट रूपमा भेटिएका छन्।
ती अवशेष संरक्षणतर्फ भने सम्बन्धित निकायको ध्यान नगएको भन्दै स्थानीय बासिन्दा चिन्तित भएका छन्। सैनामैना क्षेत्रमा बुद्धका मूर्तिदेखि बुद्धकालीन अवशेष प्रशस्त भेटिने गरे पनि ती अलपत्र अवस्थामा रहको स्थानीय बासिन्दाको भनाइ छ।
यहाँ भेटिएका बुद्धसँग सम्बन्धित महत्वपूर्ण वस्तु बुद्ध जन्मभूमि लुम्बिनीमा समेत लगिएको उनीहरूको दाबी छ।
खेतमा खनजोत गर्दा जताततै मूर्ति तथा अवशेष भेटिएपछि स्थानीय वासिन्दाले सङ्ग्रहालयसमेत बनाएका छन्।  त्यहाँ उनीहरूले केही मूर्ति तथा वस्तु राखेका छन्।
त्यस्तै यहाँ बुद्धकालीन ११ वटा कुवा रहेकामा दुइटा बाहेक सबै पुरिएका छन्। यहाँ वडा कुवा र रानी कुवा अस्तित्वमा छन्। तीमध्ये रानी कुवामा चारैतिर पानी सुक्दा पनि नसुक्ने गरेको स्थानीय बुढापाकाहरूको भनाइ छ। यो विशेष प्रकृतिले बनाइएको छ। यो क्षेत्रलाई विकास गर्न पुरातत्व विभाग तथा लुम्बिनी विकास कोषले विशेष ध्यान दिनुपर्ने माग स्थानीय वासिन्दाको छ।  
सैनामैनालाई बुद्धसंग सम्बन्धित अन्य स्थान सरह विकास गर्नुपर्ने माग  उनीहरूको छ। विसं २०२२ तिर यहाँ वस्ती सुरु भएको स्थानीय बासिन्दा बताउँछन्। स्थानीय शिव मन्दिरमा पूजाआजा गर्दै आएका सादु तुला हमजाली आफू पूर्वपश्चिम राजमार्ग खुल्दादेखि नै यो स्थानमा आएको र त्यतिबेला ढाँचा समेत भिन्दै रहेको उनी बताउँछन्।
सैनामैना घर भएका एकीकृत माओवादीका केन्द्रीय सदस्य भक्ति पाण्डेले यहाँ भेटिएका पुराना वस्तु हेर्दा ती बुद्धकालीन हुन भन्ने आधार रहेको बताउँदै यस्तो महत्वपूर्ण स्थान किन पछाडि पर्‍यो भनेर आफूहरूले चासो देखाएको जानकारी दिनुभयो।
दरबारका भग्नावशेष पनि यहाँ रहेको जानकारी गराउँदै एमाओवादी नेता पाण्डेले राष्ट्रिय सम्पत्तिका रूपमा यसलाई विकास गर्नुपर्ने खाँचो औंल्याउनुभयो। यहाँ भेटिएका महत्वपूर्ण वस्तुको संरक्षण थाल्न र उत्खननका लागि पहल गर्न लुम्बिनी विकास कोषका पदाधिकारी तथा पूरातत्वविद्लाई अवलोकन गराएको जानकारी पनि पाण्डेले दिनुभयो।
यता सैनामैना क्षेत्रको अवलोकनमा आएका लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्र थापा मगरले पौराणिक वस्तु संरक्षण गर्नेदेखि बुद्धसँग सम्बन्धित क्षेत्रको विकासमा स्थानीय जनता उत्साही भएको आफूले पाएको बताउनुभयो।
यहाँको विकासका लागि पुरातत्व विभागले चासो दिनुपर्ने बताउँदै थापाले कोषका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
Weekly Nepal

‘हाम्रो शान-लुम्बिनी बुद्धको जन्मस्थान’ – विश्व शान्तिदीप चीनको साङ्घाईतर्फ

Posted by rajshrestha2002 on August 20, 2010
लुम्बिनीको शान्तिदीप चीनको साङ्घाईमा भइरहेको वल्र्ड एक्स्पोमा प्रदर्शनका लागि लैजाने क्रममा लुम्बिनीबाट बिहीबार दीप प्रज्ज्वलनका अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला । तस्बिरः लक्ष्मण पौडेल/गोरखापत्र
(Source : http://www.gorkhapatra.org.np/)
भैरहवा, भदौ ३ गते । चीनको साङ्घाईमा सञ्चालन भइरहेको साङ्घाई वल्र्ड एक्स्पोमा रहेको नेपाल पेभेलियनमा प्रदर्शनका लागि लुम्बिनीमा अवस्थित विश्व शान्तिदीपलाई बिहीबार विशेष कार्यक्रम आयोजना गरी र्‍यालीका साथ त्यसतर्फ लगिएको छ ।

गौतमबुद्ध नेपालमै जन्मेका हुन् र लुम्बिनी नेपालमै पर्छ भनी विश्वव्यापी रूपमा प्रचारप्रसारका लागि गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित विश्व शान्तिदीप चीनको साङ्घाईतर्फ लगिएको हो । साङ्घाई एक्स्पोमा नेपाल पेभेलियनको आयोजक इम्प्िलमेन्टिङ एक्सपर्ट गु्रप -आईआईजी)ले शान्तिदीपलाई त्यहाँ लग्ने व्यवस्था मिलाएको हो । बिहीबार बिहान विश्व शान्तिदीप रहेको ठाउँबाट शान्तिदीपलाई विशेष प्रकारले बनाइएको पानसमा प्रज्ज्वलित गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले शुभारम्भ गर्नुभयो ।

लुम्बिनीमा बिहीबार बिहान विश्व शान्तिदीप रहेको ठाउँबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कोइराला, चीनलगायत विभिन्न मुलुकका भिक्षुभिक्षुणीहरूले शान्तिदीप प्रज्ज्वलित गरी मायादेवी मन्दिर परिसरमा लगिएको थियो ।

शान्तिदीप प्रज्ज्वलित गर्दै मन्त्री कोइरालाले यसले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो । उहाँले लुम्बिनी र बुद्धको विश्वस्तरमा प्रचारप्रसार गर्न मद्दत पुग्ने बताउनुभयो । शान्तिदीप प्रज्ज्वलितपछि दीपका साथ परराष्ट्रमन्त्री, भिक्षु सङ्घका वरिष्ठ भिक्षुहरू, आयोजक, विभिन्न देशका बौद्ध अनुयायी, चिनियाँ दूतावासका प्रतिनिधि सहभागी बाजागाजासहितको टोली मायादेवी मन्दिर पुगेको थियो । त्यहाँ विशेष पूजाआजा भएको थियो ।

गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा लुम्बिनी विश्वविद्यालयका पूर्व रजिस्ट्रार र बौद्ध वाङ्गमयका विद्वान श्री केदार शाक्य कपिलबस्तु दिवस अभियान सार्क र नेपाल समितिको सल्लाहकारमा रहनु हुने

Posted by Ram Kumar Shrestha on August 18, 2010
१८ अगस्ट, २०१०। आज गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा लुम्बिनी विश्वविद्यालयका पूर्व रजिस्ट्रार र बौद्ध वाङ्गमयका विद्वान श्री केदार शाक्यज्यूको कुलेश्वर आवासस्थित निवासमा उहाँसँग कपिलबस्तु दिवस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठ, सार्क संयोजक राज श्रेष्ठ र नेपाल संयोजक लक्ष्मण पुरी बीचको भेटघाट र कुराकानी अभियानको नेपाल समिति गठन गर्ने सिलसिलामा   उत्साहप्रद र फलदायी रह्यो । श्री केदार शाक्यज्यूलाई यस अभियानको सार्क समितिमा सल्लाहकारको रुपमा बसी दिन गरिएको आग्रहलाई सहर्ष स्वीकार गर्दै यस अभियानले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रको समाचार टेलिभिजनमार्फत सुनेर आफू अत्यन्त प्रभावित हुनु भएको उहाँले बताउनु भयो। यस अभियानलाई आफूले हरतरहले सक्दो सहयोग गर्न तयार रहेको उहाँले बताउनु भयो। उहाँले गोरखापत्र दैनिकको सम्पादकको रुपमा ३० वर्षसम्म काम गरिसक्नु भएको छ भने उहाँका भगवान् बुद्ध र बौद्ध धर्मसम्बन्धी दर्जनौं लेख प्रकाशित भइसकेका छन्। लुम्बिनी विश्वविद्यालयका पूर्व रजिस्ट्रार समेत रही सक्नुभएका प्राध्यापक शाक्यबाट यस अभियानलाई महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा गर्न सकिन्छ ।

श्री शाक्यज्यूबाट डा. कवितारामज्यूबाट विश्व सल्लाहकारमा राख्न उपयुक्त हुन्छ भनी प्रस्ताव गर्नु भएका आनी छोइङ्ग डोल्मासँग सम्पर्क गरी उहाँसँग भेटने समय मिलाइ दिनु भएको छ । अन्तरराष्ट्रिय स्तरमा सुपरिचित आनी छोइङ्ग डोल्मा यस अभियानका सल्लाहकारको रुपमा रहँदा अभियानलाई राम्रै प्रसिद्धि मिल्नेछ भन्ने आशा गर्न सकिन्छ ।

लुम्बिनीमा विदेशी लगानीका ठूला होटल

Posted by Ram Kumar Shrestha on August 16, 2010
माधव ढुंगाना
भैरहवा , श्रावण ३१ -  पर्यटक आगमन वृद्धिसँगै लुम्बिनीमा आधुनिक होटल निर्माण बढ्न थालेको छ । पछिल्लो समयमा यहाँ होटेल तथा रेस्टुराँ खोल्न विदेशी लगानीकर्ता आकषिर्त भएका छन् । जापानी लगानीमा दुई र श्रीलंकाली लगानीमा एक होटल निर्माण भएर सञ्चालनको तयारीमा छन् । चिनियाँ लगानीमा पाँचतारे होटल थप्ने योनजासमेत रहेको व्यवसायीले बताए ।
जापानी निजी क्षेत्रको लगानीमा निर्माण भएको ‘लुम्बिनी होटेल कासाई’ हालसालै सञ्चालनमा आएको छ । उद्घाटनको तयारीमा रहेको होटेल जापानी र युरोपेली शैलीमा निर्माण गरिएको छ । जापानका बौद्ध धर्मावलम्बी नोर्बु कासाईले करिब ४ करोड रुपैयाँ -५ लाख अमेरिकी डलर) को लागतमा आधुनिक होटल सञ्चालनमा ल्याएका हुन् ।
‘बुद्धको जन्मस्थलमा आउने तीर्थालु तथा पर्यटकलाई लक्षित गरी होटल निर्माण र सञ्चालन गर्न आकषिर्त भएका हौं,’ लुम्बिनी होटल कासाईका प्रबन्ध निर्देशक जापानी नागरिक केन्टा नागाईले भने, ‘यो लगानी व्यावसायिक दृष्टिले भन्दा लुम्बिनीको कारणले केन्दि्रत छ । बुद्धको जन्मस्थलमा होटल सञ्चालन गर्न पाउँदा हामी खुसी छौं ।’

Thursday, March 24, 2011

संबिधान निर्माण र शान्ति प्रकृयाको चाहना पुरा भएको दश बर्षमा नेपाल संपन्न हुने

Posted by Ram Kumar Shrestha on August 16, 2010
देशको स्थितिलाई देखेर सबै नेपालीमा देखिएको ब्यग्रता र नेपालमा बिद्यमान अथाह प्राकृतिक, मानबीय र सांस्कृतिक श्रोतका कारण संबिधान निर्माण
Chief Guest Dr Suresh Chandra Chalise and representatives from different organisations
कार्य संपन्न भएको र शान्ति प्रकृया तार्किक निस्कर्षमा पुगेको दश बर्षमा नेपाल एउटा संपन्न मुलुक हुन सक्ने दाबी एउटा कुटनितिकभन्दा बिकाससम्बन्धी कन्सल्ट्याण्टको नाताले गर्न सक्ने कुरा वेलायतका लागि नेपाली राजदूत महामहिम डा सुरेश चन्द्र चालिसेले प्रगतिशील नेपाली समाज वेलायत पाँचौ बर्ष पुरा गरी छैटौं बर्षमा प्रबेश गरेको उपलक्षमा आयोजित एक कार्यक्रममा बताउनु भयो । सबैतिर लथालिंग भएको देखिए पनि बिद्यमान अवस्था प्रकृति र बिकासको नियमानुसार संधै नरहने कुरामा आफू आशाबादी भएको तर देशलाई संपन्न बनाउन देशमा बिद्यमान अथाह अमूल्य बुद्ध, हिमाल लगायत सबै किसिमका श्रोतहरुको यथोचित मार्केटिङ गरिनु पर्ने कुरामा जोड दिनु भयो । कपिलबस्तु दिवस अभियानका बिस्व संयोजकको मन्तब्यको प्रसंग जोडदै आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा नेपालबाट ल्याएको बुद्धको मूर्ति उपहार स्वरुप दिएपछि वेलायतकी महारानीले सो मूर्ति दरबारको संग्रहालयमा राखिने कुरा बताउनु भएको जानकारी दिनु भयो भने बुद्धको मात्रै मार्केटिङ गर्न सकिएको खण्डमा नेपालमा पर्यटकको समस्या नपर्ने कुरा बताउनु भयो । त्यसरी नै नेपाल छिट्टै चीन र भारतको ट्रान्जिट बन्ने भएकोले आफूलाई नयाँ शक्तिको रुपमा बिकास गरिरहेका यी मुलुकहरुबाट नेपालले धेरै फायदा लिन सक्ने धारणा राख्नु भयो ।          

कपिलवस्तु दिवस विश्व अभियान समितिका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र

Posted by Ram Kumar Shrestha on August 13, 2010
(हिजोको समाचारको अपडेट )
अगष्ट १२ २०१० काठमाडौं । कपिलवस्तु दिवस विश्व अभियान समितिका लागि आजको दिन विशेष दिनको रुपमा स्मरणीय रहनेछ । भगवान् बुद्धकोजन्मस्थलबारे सिर्जित भ्रमको निवारण गर्न नेपाल सरकारको तर्पुबाट पहल गरी दिन र नेपाली संचार माध्यमहरुले यस विषयलाई बढी गम्भिरतापूर्वक उठाई दिन ध्यान आकृष्ट गर्ने उद्देश्यले नेपालमा उपलब्ध विश्व अभियान समितिसँग आवद्ध सदस्य तथा सल्लाहकारहरुबाट प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने कार्य भयो । 
यस अवसरमा यस अभियानको उद्देश्य र हालसम्म गर्दै आएका कार्यको बारेमा डा विताराम श्रेष्ठबाट प्रधानमन्त्रीज्यूलाई जानकारी गराइएको थियो । यस अभियानको बारेमा प्रधानमन्त्रीज्यूबाट अभिरुचिपूर्वक सुन्नु हुँदै यसको उद्देश्य र कार्यलाई अत्यन्त सकारात्मक रुपमा लिनुभएको छ । उहाँले यस अभियानलाई विशेष गरी बौद्धधर्मावलम्बी मुलुकहरु जस्तै:  थाइल्याण्ड श्रीलंका चिन जस्ता देशहरु फैलाउनु पर्ने सुझाव दिनु भयो । विभिन्न देशका

बुद्धबारे सिर्जित बिस्वब्यापी भ्रम निवारण‏को लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र‏

Posted by Ram Kumar Shrestha on August 12, 2010
हामी नेपालमा बसेर बुद्ध नेपालमा जन्मेको भन्ने बिषयलाई संसारले बुझेको छ र भारतको अनाबस्यक दुस्प्रयासले केही गर्न सक्तैन भनेर जसरी सोच्छौं त्यति सहज अवस्था विस्वको जनता बीच छैन भन्ने स्पस्ट भैसकेको देखिन्छ अधिकांश देशका पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको उल्लेख गरिएको, बुद्धको जन्म स्थान जाने भनेर बर्षेनी हजारौं पर्यटक भारतद्धारा निर्मित नक्कली लुम्बिनीमा पुर्याइएको, बिस्वका प्रतिष्ठित अन्तरराष्ट्रिय ब्लगहरुमा रिङपोछे तथा बुद्धका बिषयमा लेख्ने लेखहरुद्धारा नै पनि बुद्धलाई भारती रुपमा परिचय दिएका अनगिन्ति उदाहरणले गर्दा । कपिलबस्तु दिवस अभियान शुरु गरेपस्चात गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउनेलाई नेपाल देखाउने बनाउने, जन चेतना जगाउने, गुगलमा बुद्ध तथा लुम्बिनीको बिषयमा खोज्दा प्रायश: भारती सामग्री मात्र पाइनेमा हाल नेपाली सामग्रीहरु पनि प्रसस्त पाइने जस्ता बातावरण सिर्जना भए तापनि नक्कली लुम्बिनी र अधिकांश देशका पाठ्य पुस्तकमा बुद्धलाई भारती परिचय दिने जस्ता बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने मूलभूत समस्या कायमै रहेको र यस्मा नेपाल सरकारको प्रत्यक्ष सहभागिता बिना यो समस्या समाधानको लागि बर्षौं लाग्ने भएकोले नेपाल सरकारलाई दबाब दिने अभिप्रायले केही समय अघि शुरु गरिएको बुद्धबारे सिर्जित बिस्वब्यापी भ्रम निवारण‏को लागि हस्ताक्षर संकलन अभियानकै निरन्तरताको रुपमा आज काठमाण्डौंमा कपिलबस्तु दिवस अभियानले  प्रधानमत्री माधव कुमार नेपाललाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउन जाने दलमा अभियानका सल्लाहकारहरु डा आरजु देउवा राणा, प्रो डा

बुद्धको जन्म स्थानबारेको बिस्वब्यापी भ्रम निबारणको लागि हस्ताक्षर संकलन अभियान

Posted by Ram Kumar Shrestha on July 15, 2010
संपूर्ण राष्ट्र प्रेमी नेपाली मित्रहरु,
मान्छे भएर जन्मेपछि पित्री ऋण, गुरु ऋण, देब ऋण र माटोको ऋण चुक्ता नगरी मर्नु भनेको जीबन सार्थक नभएको भन्ने चलन छ हाम्रो संस्कार अनुसार । नेपाली भएर जन्मिसकेपछि आबस्यक पर्दा नेपालको माटोको रक्षा हर हालतमा गर्नु माटोको ऋण चुक्ता गर्नुकै अंश हो र एउटा असल नागरीकको कर्तब्य पनि ।
भारतबाट कपिलबस्तुको बिषयलाई लिएर जे जस्ता काम भएका छन, त्यो सीधै नेपालको रास्ट्रियमाथिको खेलबाड हो, तर गुगलमा बुद्धको जन्मभूमि खोज्दा भारत देखा पर्नु; PBS जस्तो ठूलो कम्पनीद्धारा उत्पादित भिडिओ “The Buddha” मा राजकुमार सिद्धार्थलाई भारती भनी उल्लेख गरिनु, बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा बुद्धको जन्मभूमिका सम्बन्धमा गलत जानकारी उल्लेख गर्नु जस्ता संपूर्ण समस्याको जड भनेकै भारतले लामो समयसम्म नेपालको तर्फबाट सरकारी, बुद्धिजीबि तथा पत्रकारहरु कुनै पनि तहबाट केही पनि बिरोध नगरिएको कारण एकलौटी तबरबाट भ्रम सिर्जना गर्न पाएको अबसरको परिणाम हो र यस्लाई यो नेपालको रास्ट्रियतामाथिको नयाँ समस्याको रुपमा लिइनु पर्ने देखिन्छ । किनकि यी समस्याहरुको पछाडि नियतभन्दा पनि भारतद्धारा लामो समयसम्म गरिएको दुस्प्रयास र सो दुस्प्रयासका बिरुद्ध हुन नसकेको गतिबिधिका कारण सिर्जित भ्रमले काम गरेको देखिन्छ ।
कपिलबस्तु दिवस अभियानले आफ्नो ब्लग, अन्तरराष्ट्रिय सामाजिक सन्जालहरु फेसबुक तथा ट्वीटर मार्फत आँफै तथा अन्य समूहहरुसंग मिलेर जाकारीयाको दुस्प्रयासका बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउने कार्यको बिरुद्ध अन्य समूहसंग मिलेर बिरोध गर्ने, ठूलो अन्तरराष्ट्रिय कम्पनी   PBS को बुद्धसम्बन्धी गलत जानकारीको बिरोधमा कार्यक्रम गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ । गुगलले त गलत जानकारीलाई सच्याउने काम गरी सकेको छ । यस किसिमका समस्याहरु इण्टरनेटमा अझै धेरै देखिन्छन । तिनीहरुको निराकरणको लागि पनि प्रयास गरिनु हाम्रो कर्तब्य हो । त्यसरी नै भारतले तयार गरेको नक्कली लुम्बिनीको क्लिप जन समुदाय बीच लैजाने, कपिलबस्तु दिवस ब्लगमा भएका अंग्रेजी सामग्रीहरुलाई बिभिन्न भाषामा समेत पढन मिल्ने बनाउने,रामदेबको बुद्धबारे भारतको गलत प्रचार भनाइलाई उपयोग गर्ने, www.nepstime.com ले Buddha Born in Nepal – Let’s Join Kapilvastu Day आफ्नो हेडरमा नै लेखेको सामग्रीलाई आधार बनाएर अन्य पत्रिका र ब्लगलाई पनि त्यसो गर्न उत्प्रेरित गर्ने जस्ता राष्ट्रियताको भावनालाई उत्प्रेरित गर्ने थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ ।

बौद्ध अजिमाको रूप फेरियो

Posted by Ram Kumar Shrestha on June 29, 2010
ekantipur
By जितेन्द्र साह
काठमाडौ, अषाढ १५ – राजधानीको मुख्य पर्यटकीयस्थल बौद्ध स्तुपा (छ्योर्तेन) भित्रको प्राचीन अजिमा देवीको मूर्तिलाई अढाई दशकपछि जीर्णोद्धार गरेर नयाँ स्वरूप प्रदान गरिएको छ ।
२०४२ सालमा चाँदीको पाता र सुनको जलपले यसको जीर्णोद्धार गरिएको थियो । बौद्ध घ्याङ गुठीको पहलमा बौद्धनाथ क्षेत्र विकास समितिले स्थानीयवासीको आर्थिक सहयोगले १८ तोला सुनको लेप प्रयोग गरी मूर्तिलाई सुन्दर स्वरूप दिएको हो । बौद्ध धर्मालम्बी स्थानीय तामाङ्गहरूले यसलाई इष्टदेवीका रूपमा पूजा गर्छन् ।
‘पर्यटकीय, धार्मिक र ऐतिहासिक रूपले महत्त्वपूर्ण बौद्ध क्षेत्रको यी ओझेलमा परेका प्राचीन धरोहरबारे युवा पुस्ता र पर्यटक दुवैले जानुन् भन्ने उद्देश्य हो,’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष दीपेन लामाले कान्तिपुरसँग भने, ‘पर्यटक र शोधकर्ताको ओइरो लाग्ने यो थलोमा अजिमा खोज र अध्ययनको सशक्त विषय हो ।’ तिब्बती भाषाको पुस्तक ‘काथाङ घुइपा’ का अनुसार सातौं शताब्दीमा विश्वको आठ पवित्र स्थलमा अजिमाको स्थापना गरिएको थियो । तीमध्ये तिब्बत, भारत र नेपालका दुई/दुई स्थलमा, श्रीलंका र मलेसियाका एक/एक स्थलमा यो मूर्तिको प्राण प्रतिष्ठापन गरिएको थियो । काठमाडौंको स्वयम्भुको हारतीमा अजिमाको अर्को मूर्ति छ ।
तामाङ्ग भाषामा मम् ठकुरानी, मम् पुकोसिद्धि, नेवारमा अजिमा, छस्कामुनि, तिब्बती भाषामा पुकासिदी र संसारभरि ‘मम््’ को नामले पुजिने यस देवीको अर्थ नेपाली भाषामा बज्यै हुन्छ ।
‘बौद्ध धार्मिक मान्यताअनुरूप स्तुपाको संरक्षण र स्थानीयवासीको कल्याणका लागि यसको स्थापना गरिएको हो,’ बौद्धका प्रमुख लामा ७८ वषर्ीय ज्ञानीबज्र लामाले कान्तिपुरसँग भने । उनका अनुसार बौद्धबासी (तामाङ भाषामा झेरुङ खस्यौरबीच) परदेश जाँदा, बिरामी पर्दा, व्यवसाय गर्दा, सन्तान प्राप्ति, रक्षा र मुक्तिका लागि यो प्रतिमालाई पुज्ने चलन छ । ‘कुनै नयाँ काम सुरु गर्दा माताको दर्शन गर्छु,’ बौद्धकी सजना लामाले भनिन्, ‘परिवारको आरोग्यता र कल्याणका लागि पूजा गर्न म मासिकरूपमै जान्छु ।’

भारतिय हस्तक्षेपका विरुद्दमा इजरायलमा लुम्बिनी समाज इजरायलको गठन

Posted by Ram Kumar Shrestha on June 26, 2010
इजरायल जुन, २१ । ओझेलमा परेको बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसारको साथै भारतिय हस्तक्षेप र बुद्धको जन्मस्थलको बारेमा भारतले गरेको बिबादास्पद प्रचारको बिरोध गर्ने उद्धेश्यका साथ एक भब्य समारोहका बीच चिरन्जिबी पाण्डेको अध्यक्षतामा २५ सदस्यिय कार्य समिति रहेको लुम्बिनी समाज इजरायलको गठन भएको छ ।
समाजको उपाध्यक्षमा मिना मैनाली, सचिबमा बिष्णु प्रसाद भट्टराई, सहसचिब मिलन थापा, कोषाध्यक्ष नारायण चापागाई र सदस्यहरूमा  शिब के. सी., गोपाल पौडेल, दिनश श्रेष्ठ, राजन रिजाल, आक्रोश काफ्ले, कृष्ण चापागाई, मनोज प्रधान, साबित्रा घिमिरे, सुधना देबकोटी, संगिता नेपाल, मुकुन्द घिमिरे, केशब कार्की, माया खनाल, जुना चापागाई, धना गुरूङ, क्रिष क्षेत्री, शुशिला लुइटेल, प्रकाश आचार्य, गोपाल कुँवर, गोमा उप्रेती हुनुहुन्छ ।
साथै उक्त भेलाले ६ सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको छ जसमा तेन्जिन सेर्पा, बिशाल ज्ञवाली,  छेसाङ लामा,  नमराज खड्का, बिष्णु तिमल्सिना र श्रीमती ऋतु गिरी रहनुभएको छ ।

‘चीनमा बुद्धको जन्मथलोबारे यथार्थ प्रष्ट्याइने’

Posted by Ram Kumar Shrestha on June 21, 2010
ekantipur
निर्मल श्रेष्ठ
चीन, गोञ्जाउ, अषाढ ७ – गैरआवासीय नेपाली संघ चीनको दोस्रो बार्षीक कार्यक्रम नौ बुदे घोषणापत्रका साथ आइतबार सम्पन्न भएको छ । चीनको दक्षिणी व्यापारिक सहर गोञ्जाउमा आयोजित उक्त समारोहमा चीनमा बुद्धको जन्मथलोबारे यथार्थ प्रष्ट्याउन आवश्यक कार्य गर्ने, गोञ्जाउमा यथाशीघ्र नेपाली वाणिज्यदूतावास खोल्न आग्रह गर्ने, हङकङ र मकाउ एनआरएनबीच कार्यगत एकता विकसित गर्ने लगायतका छन् ।
घोषणपत्रमा नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन यथाशक्य पहल गर्ने, निर्धारित समयमा संविधान जारी गर्न दबाब दिने पनि उल्लेख छ । लु जिङलुस्थित विशाल पाचतारे होटल एसिया इन्टरनेशनलमा आयोजित भव्य समारोहमा संघले कल्याणकारी कोषको समेत स्थापना गरेको छ । चीनको गोञ्जाउ नेपाली व्यावसायीहरुको सबैभन्दा बढी बसोबास रहेको स्थल हो ।
कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघका अध्यक्ष देबमान हिराचनले प्रत्येक नेपालीको प्रतिष्ठा नेपाल सँग गासिएको हुँदा मुलुकलाइ समृद्ध बनाउन प्रवासमा रहेका सबै एकजुट हुनुपर्ने बताए । दश करोड अमेरिकन डलरको नेपाल लगानी कोष, ओपन युनिभर्सिटी, हेटौडा-काठमाण्डौ फाष्ट ट्रयाक लगायतका ठूला योजना कार्यान्वयनका लागि एनआरएन तदारुकता साथ लागेको पनि उनले कान्तिपुरलाई जानकारी गराए ।
भर्खरै जारी एनआरएन परिचय पत्रका सम्बन्धमा भने उनले सहमति अनुसारका केही बुदा हटाइएकामा नेपाल सरकार माथि असन्तुष्टि जाहेर गरे । ‘परिचय पत्र सम्बन्धी नियमावलीको ड्राफ्टमा  एनआरएनको सिफारिसपत्र अनिवार्य गरिनुपर्छ भन्ने लेखिएको थियो,’ अध्यक्ष हिराचनले भने, ‘सरकारले हामीलाई जानकारी नै नगराइ उक्त बुदा हटाएकाले पुनः संसोधन गरिनुपर्ने हाम्रो माग छ ।’ एनआरएन व्यक्तिमुखी नभई संस्थामुखी बनाउनु पर्ने कुरामा जोड दिदै उनले अहिलेसम्म गरिदै आएका विभिन्न विकासमुलक र सामाजिक कार्यहरुलाई निरन्तरता दिइने बताए । समयमा संविधान जारी हुन नसकेकामा परदेशमा रहेका नेपाली अत्यन्तै दुःखित रहेको भावना समेत उनले पोखे ।

भर्ती केन्द्र नबनोस्

Posted by worldamity on June 19, 2010
ekantipur
माधव ढुंगाना
चार वर्षका निम्ति लुम्बिनी विकास कोषको सदस्यसचिव पदमा राजनीतिक नियुक्ति पाएका राजेन्द्र थापालेे चार महिनामै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउनुपर्‍यो । कारण हो, सरकारको फेरबदल भएपछि नयाँ आएका संस्कृतिमन्त्रीले उक्त पदमा आफ्नो नजिकको व्यक्तिलाई राख्न खोज्नु । कोषका उपाध्यक्ष कर्मा साङ्वो पनि सर्वोच्च अदालतकै शरण लिन बाध्य भए ।
थापा र साङ्वो मात्रै होइन, सरकार परिवर्तन हुनासाथ कोषको महत्त्वपूर्ण पदमा रहेका पदाधिकारी हटाई मन्त्रीले आफ्ना नजिकको कार्यकर्ता राख्ने परिपाटीको यस अगाडि पनि धेरै पदाधिकारी सिकार भए ।
यस्तो परिपाटीले  पार्टी, नेता र कार्यकर्तालाई त राम्रै भएको होला । तर, लुम्बिनीको समग्र विकासलाई भने यो परिपाटी निकै घातक बनेको छ । यसैको परिणाम हो- पन्ध्र वर्षअगाडि सम्पन्न भइसक्नुपर्ने लुम्बिनी गुरुयोजना आधा पनि हुन सकेको छैन  । कोषको उपाध्यक्ष, सदस्य सचिव र योजना प्रमुख गुरुयोजना पूरा गर्ने जिम्मेवारी लिनुपर्ने महत्त्वपूर्ण पद हुन् ।
‘मैले पद सम्हालेको चार महिनामै हटाइनु राजनीतिक नियुक्तिको परिपाटी नै दोषी हो,’ सदस्य सचिव थापाले भने । गुण दोषको आधारमा मलाई हटाइनुपथ्र्यो ।
नियुक्ति गर्दा वा हटाइँदा कामको मूल्यांकनको आधारबाट गरिँदैन । सरकार परिवर्तन हुनासाथ काम गर्ने खुबी भएका दक्ष पदाधिकारी हट्छन् र मन्त्रीलाई चुनाव जिताउन सहयोग गरेको वा नजिकको आसेपासे व्यक्ति पदासीन हुन पुग्छन् ।
लुम्बिनीमार्फत मुलुकमै ठूलो आर्थिक विकास हुने आशा प्रत्येक राजनीतिक दल, सरकार, पर्यटन व्यवसायी तथा नागरिक समाजले लिँदै आएका छन् । त्यही अवधारणाअनुरूप लुम्बिनीमा विदेशी पर्यटक भित्र्याउन क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको थालनी भएको छ । तर लुम्बिनी विकास कोष भने राजनीतिक नियुक्तिको परम्पराले भताभुङ्ग र लथालिङ्गको अवस्थामा छ ।

चीनमा भेटियो शाक्यमुनि बुद्धको हड्डी

Posted by worldamity on June 18, 2010
ekantipur
चीन, अषाढ ४ –  चिनियाँ पुरातत्वविद् र बौद्धधर्म गुरुले शाक्यमुनि बुद्धको तालुको हड्डीको उत्खनन गरेका छन् ।
राजधानी बेइजिङबाट झण्डै एक हजार ५ सय किलोमिटर दक्षिणमा पर्ने च्याङ्सु प्रान्तको सदरमुकाम नानचिङमा अवस्थित छिस्या मन्दिरबाट उक्त हड्डी उत्खनन गरिएको चिनियाँ सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
चाँदीको कफिन-प्रतिकृतिभित्र रहेको सुनको कफिन-प्रतिकृतिमा राखिएको उक्त वस्तु शाक्यमुनि बुद्धको तालुको हड्डीको एक भाग भएको चिनियाँ बुद्धिस्ट एसोसियनका अध्यक्ष मास्टर छुवान यिनले बताए । उत्खखनअगाडि परम्परागत रुपमा पूजा समारोह आयोजना गरिएको थियो ।
सानो चट्टानजस्तो देखिने उक्त हड्डी हल्का खैरो रङको छ । नानचिङ नगर सङ्ग्रहालयका उपप्रमुख हुवा को रुङलेे “मसिना कोषजस्ता छिद्रले भरिएको उक्त हड्डी मौरीको चाकासँग मिल्दोजुल्दो छ ” भने ।
‘शाक्यमुनिको तालुको हड्डीका बारेमा वर्णन गरिएको ऐतिहासिक रेकर्डसँग हाम्रो उत्खननको नजिता मिल्छ’, एसोसियसनका उपाध्यक्ष सुए छङ्गले भने, ‘उक्त हड्डी बुद्ध धर्मावलम्बीको सबैभन्दा पवित्र वस्तु हो ।’ उत्खननका क्रममा  शाक्यमुनि बुद्धका बाहेक अन्य बुद्धका दश पवित्र अस्तु पनि ससाना सुन र चाँदीका कफिनमा भेटिएका छन् । भेटिएका सबै बहुमुल्य वस्तु एक महिनाका लागि प्रदर्शनीमा राखिएको छ ।
शाक्यमुनिको अस्तुधातुबाट निकालिएको विश्वास गरिएको उक्त हड्डीको टुक्रा सम्राट् अशोकको प्यागोडा नामको सानो चैत्यमा भण्डार गरेर राखिएको अवस्थामा फेला पारिएको थियो । नानचिम्ास्थित छाम्कान मन्दिरमुनि सन् १०११ मा निर्मित भूमिगत दरबार दुई वर्षअगाडि उत्खनन गर्दा उक्त अशोक प्यागोडा फेला पारिएको थियो ।
सन् २००८ को जुलाईमा पुरातत्वविद्द्वारा भेट्टाइएको शिलालेखमा भू्मिगत दरबारभित्र शाक्यमुनिको तालुको हड्डी र अन्य बुद्धका अस्तुधातु रहेको सम्राट् अशोकका बहुमूल्य सात धातु भएको चैत्य संरक्षित गरिएको उल्लेख छ । त्यसको एक महिनापछि प्यागोडा भएको एउटा फलामको बाकस फेला पारिएको थियो । सन् २००८ को नोभेम्बरमा बाकसबाट प्यागोडा निकालेपछि दुईवटा कफिन फेला पारिएको थियो ।
चिनियाँ बुद्धिष्ट एसोसियसनका अधिकारीका अनुसार शाक्मुनिको देहवसानपछि उनको अस्तुबाट तालुको एउटा हड्डी, चारवटा दाँत, काँधका दुइटा हड्डी र ८४ हजार अस्तुधातु सङ्कलन गरिएको थियो । भारतीय सम्राट् अशोक-इशापूर्व २७३-२३२)ले शाक्यमुनिका बाँकी रहेका सबै अवशेषलाई प्यागोडाजस्तो समाधिमा राखेर पछि विश्वका विभिन्न भागमा पठाएका थिए । शाक्यमुनि बुद्धको अस्तु राखिएको सम्राट् अशोकका दसौं हजार प्यागोडामध्येको नानचिम्ामा रहेको प्यागोडा एउटा भएको विश्वास गरिन्छ ।
नानचिम्ामा भेटिएको चार तहको एक दशमलब २१ मिटर अग्लो र ४२ सेन्टिमिटर अग्लो प्यागोडा चीनमा हालसम्म उत्खनन गरिएको प्यागोडामध्ये सबैभन्दा ठूलो मानिन्छ ।
चीनको थाङ राज्यवंश -६१८-९०७)को बौद्धधर्मसम्बन्धी रैकर्डअनुसार चीनमा शाक्यमुनि बुद्धको अस्तु रहेको १९ वटा सम्राट् अशोकनिर्मित प्यागोडा रहेका छन् । हालसम्म चीनमा सातवटा प्यागोडा पत्ता लागिसकेको समाचारमा जनाइएको छ ।

ताइवानमा पहिलोपटक २५५४औं बुद्ध जयन्ति भब्यताका साथ सम्पन्न

Posted by worldamity on June 5, 2010
यसवर्ष ताइवानमा बस्ने नेपालीहरुले ‘कपिलबस्तु दिवस विश्व कार्य समिति र गैरआवासीय नेपाली संघ ताइवान’ को संयुक्त तत्वावधानमा पहिलो पटक बुद्ध जयन्ति धुमधाम मनाएका छन् ।
उक्त कार्यक्रमको लागि एनआरएनए ताइवानका साथीहरुको एक आयोजक तयारी समिति बनेको थियो । जसका संयोजकमा सोनाम शेर्पा र सदस्यहरुमा कपिल अधिकारी, कर्साङ लामा, विनोद डि.सी., देव गुरुंग, नरेश गुरुंग, नोनो फुर्बासोनाम शेर्पा, राजु गुरुंग र हरिकुमार श्रेष्ठ संलग्न थिए । यसको अलावा एनआरएनए ताइवानका कोषाध्यक्ष मिङमा शेर्पाको सहयोग पनि विशेष उल्लेखनीय रह्यो । कार्यक्रम २ चरणमा सम्पन्न भएको थियो ।
पहिलो दिन: मे २७, २०१०
विश्व शान्तिका अग्रदूत बुद्धको जन्म दिनमा ताइपेई ताइवानको इङकमा भेन खेम्पो रिम्पोचे साड्गे राड्चुङ मुख्य गुरुबाट संचालित नेपाली बुद्ध मन्दिर निग्मा पालयुल डी. एन. बज्र धर्मचक्र सेन्टर  इङक ताइपेई ताइवानमा गै विधिपूर्वक पूजापाठ सम्पन्न भयो । पूजामा संयोजक सोनाम शेर्पासहित १४ जनाको उपस्थिति थियो । पूजाको कार्यक्रमपछि प्रसाद पनि वितरण गरिएको थियोभने केही सामग्रीहरु भने दोस्रो चरणको कार्यक्रमलाई राखिएको थियो । त्यसपछि अन्तमा विशेष समय लिई हरिकुमार श्रेष्ठ र कर्साङ लामाबाट उक्त मन्दिरको गुरु फुर्वा रिम्पोचेसंग ताइवानमा नेपालीहरुको लागि एनआरएनए स्थापना भैसकेको र दर्ताको लागि पहल भैराखेको जानकारी गराउनुको साथै बुद्धको जन्मस्थल कपिलबस्तु नेपाल हो भनेर प्रचार प्रसार तथा बुद्धको शान्तिको सन्देश विश्व जगतमा व्यापकरुपमा फैलाउन र नेपालमा पर्यटन विकासमा सहित सहयोग पुर्याउने उद्देश्यले कपिलबस्तु दिवस विश्व कार्य समिति गठन भै कपिलबस्तुबारेमा गत वर्षदेखि व्यापक प्रचार प्रसार कार्य गर्दै आएको कुरा पनि छलफल भयो । यसै सिलसिलामा ताइवानमा धेरैजसो ब्यक्तिहरुलाई बुद्धको जन्मस्थलको बारेमा थाहा नभएकोले यसबारेमा सहयोगको लागि अनुरोध गरिएकोमा उहांले भन्नु भयो कि त्यहा पूजापाठ गर्न जाने प्रत्येक ब्यक्तिलाई यससम्बन्धी जानकारी भैसकेको कुरा सुनाउनु हुदै हौसला प्रदान गर्नुभयो । उहांको यस कदम प्रति आयोजक समिति हार्दिक धन्यवाद प्रदान गर्दछ ।

जापानमा वुद्ध जयन्ती संपन्न

Posted by worldamity on May 31, 2010
जापानमा नेवा इण्टरनेशनल फोरुम जापान, NEFIN र तमुधिं जापानको आयोजनामा २५५४ औं बुद्ध जयन्ती तीन पटकसम्म मनाइयो ।  NIFJ र NEFIN ले कार्यक्रम मन्दिरमा आयोजना गरेकोले लामाहरुबाट पहिला पुजा गरिएको थियो र तत्पस्चात प्रबचनको कार्यक्रम भएको थियो ।  तमुधिं जापानले भने कार्यक्रम हलमा आयोजना गरेको थियो र उक्त कार्यक्रममा कपिलबस्तु दिवस अभियानका जापान संयोजक ओम गुरुङले  कपिल बस्तु अभियान, बुद्ध र लुम्बिनिको बारेमा तयार गरिएको १४ मिनेटको भिडिओ प्रिजेन्टेसन गर्नु भएको थियो जस्को अधिकांश सहभागीहरुले प्रसंशा गर्नु भएको थियो । कार्यक्रममा उपस्थिती उल्लेख्य थियो । कार्यक्रमको अन्त्यमा  प्रसादको रुपमा सेल रोटि र अचार खाएर रमाइलो गरि मनाइएको थियो ।
कपिलवस्तु दिवस भिडिओ हेर्न यहाँ क्लिक गर्नु होस ।

भेनक्युवरमा बुद्ध जयन्ती सम्पन्न

Posted by worldamity on May 31, 2010
नेपाली कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया (NCSBC) को आयोजना र नेपाली कल्चरल हेरिटेज फाउण्डेशनका सचिव ऋषि बस्ताकोटीको विशेष सकृयतामा भेनक्युवरमा मे ३१ तारीखका दिन २५५४ औं बुद्ध जयन्ती मनाईयो। सोही दिन नेपाली कल्चरल हेरिटेज फाउण्डेशनले भेनक्युवरका सुकुम्वासीहरुलाई खाना खुवाने कार्यक्रम गरेको थियो। भेनक्युवरवाट प्रसारित हुने रेडियो हिमालले बुद्ध र लुम्बिनी सम्बन्धि विशेष कार्यक्रम प्रसारण गरेको थियो जुनhttp://radiohimal.com/content/saturday-may-29-2010-radio-himal-audioमा सुन्न सकिन्छ। 
(NCSBC) का अध्यक्ष रत्न कुमार राईले सहमागीहरुलाई स्वागत गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो। आफ्नो स्वागत मन्तव्यमा श्री राईले कापिलवस्तु र लुम्बिनि शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थान रहेको नेपालका नागरीकहरु, नेपालसंग

Interview with Ujyalo 90 Network FM Radio about KDM

Posted by worldamity on May 30, 2010
To listen to the interview with Ujyalo 90 Network FM Radio about Kapilvastu Day Movement click here

Thursday, March 17, 2011

India Woos Sri Lanka With Buddha’s Bones

By Vishal Arora, Religion News Service
NEW DELHI (RNS) India plans to lend rare fragments of the Buddha’s bones to Sri Lanka for the 2,600th anniversary of Buddha’s Enlightenment in May, and some see it as part of India’s strategy to gain a regional edge over neighboring China.
Indranil Banerjie, head of New Delhi-based think tank Security and Political Risk Analysis, said India’s move to enhance its “existential bond” with a Sri Lanka’s Buddhist heritage could have a powerful influence.

The Tango of Ego and Soul

Dr. Judith Rich, Speaker, trainer, writer, coach, creator of Rx For The Soul: www.judithrich.com
Our lives unfold between the shores of the conscious and the unconscious. The conscious mind, when unexamined, reflects the agenda of the Ego, and concerns itself with matters of survival. It experiences and interprets events through the lens of its limiting perceptions; mainly, fear, and attempts to exert its power and influence through the use of the Will, the Ego’s instrument.
When the conscious or objective mind is in service to the Ego it is concerned with appearances, safety, comfort and maintaining the illusion of control. The Ego-driven mind wants to know: “How do I look? What will others think of me? Am I right? Am I loved/ good enough? Am I safe? Am I in control? How can I avoid pain?”
On a distant shore in a faraway land, the unconscious or subjective mind resides. Both personal and impersonal agenda take up residency there. The subjective mind houses our personally repressed memories as well as the transpersonal agenda of the universe. One could say the entire universe is housed within each one of us and it is only a dream, insight, reflection or imagination away!

Wednesday, March 16, 2011

लुम्बिनीका खतराउन्मुख स्मारकहरु उत्पत्तिस्थलमा नै संरक्षण हुने

काठमाडौं, फागुन २० (नागरिक)- युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भगवान बुद्धको जन्मस्थल लुम्बिनीस्थित तीन महत्वूर्ण स्मारकहरु शीला लेख, जन्मसँग सम्बन्धित मूर्ति र अशोक स्तम्भका स्मारक रहेको स्थानबाट नहटाई यथास्थानमा नै संरक्षण गर्ने कार्य यसै वर्षको अप्रिलदेखि सुरु हुने भएको छ। लुम्बिनी सन् १९९७ देखि विश्व सम्पदा सूचीमा परेको हो। इटालीका संरक्षणविद् कोस्तान्तिनो मेस्सीले नेतृत्व गरेको एउटा अन्तर्राष्ट्रिय टोली लुम्बिनी पुगेर हालै फर्केको छ, जहाँ उक्त टोलीले लुम्बिनी विकास कोष तथा पुरातत्व विभागका तर्फबाट सहभागी राष्ट्रिय विज्ञहरुको समूहलाई तालिम प्रदान गरेको थियो। राष्ट्रिय विज्ञहरु पनि अप्रिलदेखि सुरु हुने मायादेवीको मन्दिरभित्र र बाहिरको क्षेत्रमा गरिने उक्त तीनवटा स्मारकहरुको संरक्षण कार्यमा मेस्सीको समूहसँगै सामेल हुनेछन्।

पुरातत्व विभागका महानिर्देशक विष्णु कार्की भन्छन्- “संरक्षण कार्यले लुम्बिनीमा रहेका उक्त तीनवटा स्मारकहरुलाई थप क्षति हुनबाट बचाउनेछ। त्यसका लागि हामी सबै सुविधाहरु उपलव्ध गराउने छौं, जसले गर्दा ती स्मारकहरुको उद्गमस्थलमा नै संरक्षण गर्ने कार्य सकेसम्म छोटो समयमा नै सफलपूर्वक सम्पन्न हुन सकोस्।

Images and sacred texts Buddhism across Asia


Figure of the Buddha Amida seated on a lotus pedestal, made of lacquered and gilded wood. From Dairenji Temple, Osaka, Japan, mid 18th 

Through sacred texts, painted scrolls and sculptures from Sri Lanka to Japan, discover the shared traditions of Buddhism – the ‘three gems’.
The exhibition features depictions of the ‘three gems’ from across Asia. The ‘three gems’ consist of the Buddha himself, his teachings (dharma), and the Buddhist community (sangha). Despite regional variations, the ‘three gems’ show remarkable similarities, sometimes across hundreds of years.
Objects featured in the exhibition include exquisite gold sculptures and paintings of the Buddha, beautiful Buddhist texts on palm leaf and paper, and a selection of images of Buddhist monks.
The objects come from across the whole of Asia, including India, China, Mongolia, Tibet, Thailand, Cambodia, Korea and Japan. The earliest objects are from the 1st–2nd century AD, and the latest date to the 20th century.
Many of these objects have never been on display before, making this is a unique opportunity to view rarely-seen items from the British Museum’s collection. Due to the fragility of the paintings and texts, some items in the display will be changed after three months, halfway through the exhibition run.
This exhibition provides an insight into the key elements which hold the Buddhist world together in Asia and, now that Buddhism is a worldwide faith, across the world as a whole.

Related gallery talks

Bodhisattvas in Buddhism
Tuesday 8 February
Michael Willis, British Museum
Looking at Buddhist art
Saturday 12 March
John Reeve, independent speaker
@Britishmuseum.org